प्रधानमन्त्री ओली साउन १८ गते तुर्केमिनिस्तान जाने
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, साउन १४ : प्रधानमन्त्री केपी ओली तुर्केमिनिस्तान भ्रमणमा जाने भएका छन्।
प्रधानमन्त्री ओलीले राष्ट्रियसभाको बुधबारको बैठकलाई सम्बोधन गर्नेक्रममा उक्त भ्रमणबारे जानकारी गराएका हुन्। प्रधानमन्त्री ओलीले आगामी साउन १८ गते त्यसतर्फ भ्रमण गर्न थालेको जानकारी गराएका हुन्।
‘हिमालमाथि प्रतिकूल असर भइरहेको छ यसलाई बचाउन चुनौती छ। सगरमाथा संवाद गर्यौँ विश्वको ध्यान खिच्यौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘अस्तिभरखर पनि म स्पेन गएँ यीनै विषयमा, साझा विषयमा कसरी सँगै लड्ने भनेर धाराणा राख्यौँ। फेरि यही १८ गते तुर्केमिनिस्तान जाँदैछु।’
ओलीले प्राकृतिक रुपमा भएको क्षतिलाई कसरी कम गर्दै लैजाने भन्नेबारे विश्वका विभिन्न मन्चमा सरकारले आफ्नो कुरा स्पष्ट राखेको पनि बताए।
विकासशील राष्ट्र भइसकेपछि दिगो विकास गन्त्व्य पूरा गर्न लाग्नुपर्ने चुनौती रहेको भनाई उनको छ।
‘हामी विकासशील राष्ट्र भयौँ भनेर चुप लागेर बस्ने होइन त्यसपछि हामीले दिगो विकास गन्तव्य २०३० भित्र पूरा गर्ने कठोर चुनौती छ,’ उनले भने।
साभार : काठमाडौं प्रेस

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
17 घन्टा पहिले
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..
काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..
17 घन्टा पहिले
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..
काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..
2 दिन पहिले
टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकाल..
काठमाडौं, असाेज ३ : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ । शनिबार मात्र माथिल्लो त्रिशूली १ जलविद..
2 दिन पहिले
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..
काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..
3 दिन पहिले
-
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्माणको विस्तृत प्रस्ताव पर्खंदै दिल्ली
-
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक
-
टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकालियो
-
वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घाटा हुन्छ : मन्त्री साह