Janakpurdham
Wed, Oct 15, 2025
`

जनमत पार्टीबाट उपाध्यक्ष साह निस्कासित

2 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, साउन २२ : जनमत पार्टीले निलम्बित उपाध्यक्ष दीपककुमार साहलाई निष्कासन गरेको छ।

साह यसअघि ६ महिनाका लागि निलम्बनमा परेका थिए । उनलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको हो । उनीविरुद्ध पार्टीमा जिम्मेवारी अनुसारको भूमिका निर्वाह नगरेको, अध्यक्ष सीके राउतको विरुद्ध लागेको लगायतका आरोप थिए। 

साहलाई जनमतले गत चैत १४ गते ६ महिनाका लागि उपाध्यक्ष पदबाट निलम्बन गरेको थियो । उनीसँग माग गरिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जनमत पार्टीले जनाएको छ।

‘पार्टीको सम्पूर्ण पदबाट निलम्बन भइसके पछि पनि पार्टीको नाम, झण्डा, छाप आदिको अवैध प्रयोग गर्दै कार्यक्रम गरेको देखिएको छ,’ अनुशासन समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको विधान उल्लघंन गरेको देखिएकाले तपाईंलाई जनमत पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासित गरिएको जानकारी गराउँदछौं।’

 

साभार : काठमाडौं प्रेस

 

`
12 comments
सबै पालिकामा आईटी अधिकृत परिचालन गरिँदै, स्थानीय तहले नै..

काठमाडाैं ,असोज २८ गते । सरकारले सबै स्थानीय तहमा सूचना प्रविधि (आईटी) अधिकृत परिचालन गर्ने भएको छ । स्थानीय तहमा स..

17 घन्टा पहिले

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वार..

काठमाडौं ,असोज २८ गते । मधेश प्रदेशमा मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनका लाग..

17 घन्टा पहिले

मधेशमा लोसपाले पनि लियो समर्थन फिर्ता, शिक्षामन्त्रीको ..

काठमाडौं , असोज २७ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश सरकारलाई दिएको समर्थन ..

2 दिन पहिले

सन्दीपकाे उत्कृष्ट बलिङमा नेपालकाे सनसनी जित

काठमाडौं , असोज २७ गते ।  ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर..

2 दिन पहिले

थ्रीलर म्याचमा युएईमाथि नेपालको जित

काठमाडाैं, असाेज २६ : आईसिसी टि२० विश्वकपको एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले विजयी सुर..

3 दिन पहिले