
सबै भूमीहिनलाई लालपूर्जा दिलाएर इतिहास रच्नुस् : प्रधानमन्त्री
2 महीना पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं, साउन २७ : प्रधानमन्त्री केपी ओलीले भूमीहिनलाई लालपूर्जा दिलाई इतिहास रच्न भूूमि समस्या समाधान आयोगका पदाधिकारीहरुलाई आग्रह गरेका छन्।
मंगलबार भूूमि समस्या समाधान आयोगको वार्षिक गोष्ठीलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार स्थिर सरकार भएकाले ढुक्कका साथ काम गरी भूमीहिनलाई लालपूर्जा दिलाएर इतिहास रच्न आग्रह गरेका हुन्।
प्रधानमन्त्री ओलीले पूर्णता दिन बाँकी सबै जिल्लास्थित आयोगहरुलाई अबको दुुई साताभित्र पूर्णता दिन पनि निर्देशन दिए।
‘यो आयोग काम नगर्नका लागि वा विगतका जस्तै असफल हुनका लागि गठन गरिएको होइन । काम गर्नका लागि, परिणाम निकाल्नका लागि र लालपूर्जाबिहीनलाई त्यसबाट मुक्त बनाउनका लागि गठन गरिएको हो’, प्रधानमन्त्री ओलीले भने, ‘भूूमिहीन र अव्यवस्थित बसोबासीले जमिन पाउनुुपर्छ। त्यसका लागि कामका सन्दर्भमा सरकारको कुनै सहयोग वा कानुन संशोधन आवश्यक भएमा हामी गर्छाैैँ।’
उनले स्थिर सरकारको समयमा आयोगलाई काम गर्न कुनै दुुविधा नहुने बताउँदै २०८४ सम्म ढुक्क हुन आग्रह गरे।
‘मुलुकको विशेष परिस्थितिमा दुुई ठुला दलको सहकार्यमा बनेको यो गठबन्धन ढुक्कका साथ २०८४ सम्म जान्छ । हामी टालाटुली बाटुली, कति राम्री पुतली भनेजस्तो गरेर के के भेला पारेर सरकार बनाउने पक्षमा छैनौँ। यस्तो स्थिर सरकारको समयमा आयोगलाई काम गर्न कुनै दुुविधा हुँदैन र हुन दिइँर्दैन,’ उनले भने।
उनले अनेक स्वार्थ समूहको प्रभावमा पर्न सकिने भएकाले त्यसबाट बचेर बदनाम नहुने गरी काम गर्न पनि आयोगको नेतृत्वलाई आग्रह गरे।
साभार ः काठमाडौं प्रेस

सबै पालिकामा आईटी अधिकृत परिचालन गरिँदै, स्थानीय तहले नै..
काठमाडाैं ,असोज २८ गते । सरकारले सबै स्थानीय तहमा सूचना प्रविधि (आईटी) अधिकृत परिचालन गर्ने भएको छ । स्थानीय तहमा स..
17 घन्टा पहिले
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वार..
काठमाडौं ,असोज २८ गते । मधेश प्रदेशमा मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनका लाग..
17 घन्टा पहिले
मधेशमा लोसपाले पनि लियो समर्थन फिर्ता, शिक्षामन्त्रीको ..
काठमाडौं , असोज २७ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश सरकारलाई दिएको समर्थन ..
2 दिन पहिले
सन्दीपकाे उत्कृष्ट बलिङमा नेपालकाे सनसनी जित
काठमाडौं , असोज २७ गते । ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर..
2 दिन पहिले
थ्रीलर म्याचमा युएईमाथि नेपालको जित
काठमाडाैं, असाेज २६ : आईसिसी टि२० विश्वकपको एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले विजयी सुर..
3 दिन पहिले