Janakpurdham
Wed, Sep 03, 2025
`

राष्ट्रिय सभाबाट संघीय निजामती विधेयक सर्वसम्मत रुपमा पारित

7 घन्टा पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, भदौ १७ : राष्ट्रिय सभाबाट संघीय निजामती विधेयक सर्वसम्मत रुपमा पारित भएको छ।

मंगलबार बसेको सभाको बैठकले विधेयक सर्वसम्मत रुपमा विधेयक पारित गरेको हो। विधेयक गत १५ असारमा प्रतिनिधिसभाबाट पारित भएर गएको थियो। 

उक्त विधेयकमा सेवा निवृत्त भएका कर्मचारीले २ वर्षभन्दा अघि कुनै सरकारी नियुक्ति खान नमिल्ने व्यवस्था (कुलिङ अफ पिरियड) राख्न खोजिएको भए पनि प्रतिनिधि सभाबाट पारित हुने बेला गडबडी भएपछि राज्य व्यवस्था समितिको सभापतिबाट रामहरी खतिवडाले राजिनामा दिनुपरेको थियो। 

राष्ट्रिय सभाले भने प्रतिनिधि सभामा कुलिङ अफ पिरियडसम्बन्धी भएको गडबडी लगायतका अन्य विषयमा संशोधनसहित पारित गरेको छ। 

अब राष्ट्रिय सभाबाट पारित उक्त विधेयक सन्देशसहित प्रतिनिधि सभामा पठाइने छ। प्रतिनिधिसभाले राष्ट्रिय सभाबाट सन्देशसहित आएको विधेयकलाई पारित गरेपछि राष्ट्रपतिले प्रमाणीकरण हुनेछ । त्यसपछि मात्र यो ऐनका रुपमा लागू हुनेछ।

साभार : काठमाडौं प्रेस

`
12 comments
राष्ट्रिय सभाबाट संघीय निजामती विधेयक सर्वसम्मत रुपमा ..

काठमाडौं, भदौ १७ : राष्ट्रिय सभाबाट संघीय निजामती विधेयक सर्वसम्मत रुपमा पारित भएको छ। मंगलबार बसेको सभाको बैठ..

7 घन्टा पहिले

संचार कानुनहरु संशोधन गर्न धेरै चुनौतीहरु छन् : मन्त्री ..

काठमाडौं, भदौ १७ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले २०८१/८२ भित्रै सञ्चार क्षेत्रको का..

7 घन्टा पहिले

भारतीय सञ्चारमाध्यमले फैलाएको भ्रम र अफवाहप्रति गृहमन्..

पर्सा, भदौ १६ : गृहमन्त्री रमेश लेखकले मित्र राष्ट्र भारत तथा चीनको हितविपरीत नेपाल भूमिलाई दुरुपयोग हुनबाट रोक..

1 दिन पहिले

देशको समृद्धिका लागि भौतिक विकास मात्र पर्याप्त होइन : र..

काठमाडौं, भदौ १६ : राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि भौतिक विकाससहित साहित्य, कला, सङ्गीत, सं..

1 दिन पहिले

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री माेदीबीच अनौप..

चीन भदौ १५ गते । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच अनौपचारिक भेट भएको छ । ..

3 दिन पहिले