Janakpurdham
Sun, Oct 26, 2025
`

नेपाल नागरिकतासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

2 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौँ ,भदौ १८ गते । प्रतिनिधिसभाको आजको बैठकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । 

गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१ माथि  राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी सभामा प्रस्तुत गर्नुभएको प्रस्ताव सभाको बहुमतले स्वीकृत गरेको हो ।

विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले उठाएका विषयमा जवाफ दिँदै मन्त्री लेखकले नागरिकता विधेयक नागरिकलाई सेवा प्रदान गर्ने र संवैधानिक हक सुनिश्चित गर्ने विषयसँग जोडिएको महत्वपूर्ण विधेयक भएको बताउनुभयो ।

उहाँले नागरिकता विधेयकको यस संशोधनले आमाको नामबाट नागरिकता प्राप्तिलाई सुनिश्चित गर्नेगरी ऐतिहासिक प्रस्थान गरेको स्पष्ट पार्दै आमा वंश हो, आमाबाट पनि वंश कायम हुने र आमाकै नामबाट सन्तानले नागरिकता प्राप्त गर्न सक्छ भन्ने विषयलाई प्रत्याभूत गरेको बताउनुभयो ।

विधेयकमाथिको छलफलमा सांसदहरुले आमाको नामबाट नागरिकता लिन पाउने र बाबुको नाम लेख्नैपर्ने बाध्यकारी व्यवस्था हटाइनु लैङ्गिक समानताका दृष्टिकोणले ऐतिहासिक कदम भएको बताउनुभयो ।

सांसदहरुले नागरिकता विधेयकले नागरिकता सम्बन्धी धेरै समस्या समाधान गर्ने, सबै नागरिकले नागरिकता पाउने विषय सुनिश्चित गरेको, विदेशमा जन्मिएका नेपाली आमाका सन्तानले पनि नागरिकता लिन पाउने व्यवस्था सुनिश्चित हुनु सकारात्मक भएको बताउनुभयो ।

बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले जलस्रोत विधेयक २०८१ का सम्बन्धमा राष्ट्रिय भाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्नुभयो ।

सभाको अध्यक्षता गरिरहनुभएका उपसभामुख इन्दिरा रानाले बैठकमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनुभयो ।

संघीय संसद्को संयुक्त समिति संसदीय सुनुवाई समितिको रिक्त रहेको सभापति पदको निर्वाचन यही भदौ २० गते शुक्रवार गर्नेगरी तोकिएको उपसभामुख इन्दिरा रानाले सभामा जानकारी गराउनुभयो ।

उहाँले समितिको सभापति पदको निर्वाचन सम्बन्धी सूचना प्रकाशित गर्न संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेलाई निर्देशन दिनुभयो ।

बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी प्रस्तुत गर्नुभएको नेपाल पशु चिकित्सा परिषद् पहिलो संशोधन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव माथिको छलफल जारी रहेको छ ।


साभार : रेडियो नेपाला

`
12 comments
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू

रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..

1 दिन पहिले

छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’

जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..

1 दिन पहिले

राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका

काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..

3 दिन पहिले

धमाधम छठ पर्वको तयारी सुरु

जलेश्वर ,कार्तिक ६ गते । तिहार पर्वको समापनसँगै आजदेखि तराई मधेशसहित देशकै प्रमुख चाडको रुपमा मनाइने छठ पर्वको ध..

3 दिन पहिले

जनकपुरधाममा छठपर्वको तयारी सुरु

धनुषा ,कार्तिक ५ गते । दिपावली सकिएसँगै जनकपुरधाममा मनाइने छठ पर्वका लागि तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएप..

4 दिन पहिले