
आलोचना सहन नसकेर इगोका कारण सरकारले सामाजिक सञ्जाल बन्द गरेको मनिष झाको आरोप
7 घन्टा पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं, भदौ २१ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा प्रवक्ता मनिष झाले सामाजिक सन्जालमा भएको आलोचना सहन नसकेर इगोका आधारमा नेपालमा सूचिकृत नभएको भन्दै सामाजिक सन्जालमाथि प्रतिबन्ध लगाएको बताए।
डिजिटल मिडिया फाउन्डेशनको आयोजना शनिवार ललितपुरमा भएको आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले सर्वोच्च अदालतको फैसलाका आधारमा टेकेर सरकोले निर्णय गरेको भन्दै अदालतले बन्द गर नभनी नियमन गर मात्र भनेको र नियमन कानुन बनाएर गर्नुपर्ने बताए।
उनले यसले राजनीतिक, सामाजिक, आर्थिक र अपराध अनुसन्धानसम्मको चरणमा नकारात्मक असर पर्ने भन्दै सरकार हामीले भनेको नमान्ने? देखाइदिउँ भन्ने इगोमा पुगेर सामाजिक सन्जाल बन्द गरेको तर्क गरे। उनले यसमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको इगोका कारण सामाजिक सन्जाल बन्द गरिएको दाबी समेत गरे।
सरकारले आपराधिक घटना देखाएर सामाजिक सन्जाल बन्द गराएको तर कानुनी बाटोबाट बन्द भएपनि भीपीएन चलाएर हुने अपराध नियन्त्रण झन् जटिल बन्ने बताए।
पार्टी उपसभापति स्वर्णिम वाग्लेको डिपफेक भिडियो बनाएर भ्रम फैलाउने काम भएपछि प्रहरीको साइबर ब्यूरोमा उजुरी दिन जाँदा सामाजिक सन्जाल बन्द भयो भने यस्ता अपराधमा कसरी अनुसन्धान गर्छ भनेर प्रहरी अधिकारीसँग जिज्ञासा राख्दा अनुसन्धान थप जटिल बन्ने बताएको बताए।
व्यक्तिले आफ्नो भावना अभिब्यक्त गर्न कुनै न कुनै माध्यम प्रयोग गर्ने र सो स्थान सामाजिक सन्जालले पूरा गरेको भन्दै भोलि सरकारको कामको असन्तुष्टि विरुद्ध सन्जालका प्रयोगकर्ता सडकमा प्रदर्शनमा आए सरकारलाई गार्हो पर्ने बताए।
साभार : काठमाडौं प्रेस

सामाजिक सन्जालमाथिको प्रतिबन्ध लामो समय जाँदैन : योगेश भ..
काठमाडौं, भदौ २१ : सत्ताधारी दल एमालेका सांसद योगेश भट्टराईले सामाजिक सन्जाल नियमन निर्देशिकबाट नभई संसदबाट बन..
6 घन्टा पहिले
जागौं देशवासी! भ्रष्टाचार र छलकपटबाट मुक्ति लिऔं!
–डा. राजीव झा, उपाध्यक्ष, राष्ट्रिय मुक्ति पार्टीनेपालमा अहिले देखिएको राजनीतिक संकट नयाँ होइन। दशकौंयता कांग्..
6 घन्टा पहिले
आलोचना सहन नसकेर इगोका कारण सरकारले सामाजिक सञ्जाल बन्द ..
काठमाडौं, भदौ २१ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा प्रवक्ता मनिष झाले सामाजिक सन्जालमा भएको आलोचना सहन न..
7 घन्टा पहिले
सामाजिक संजाल सम्बन्धि सरकारको निर्णय गलत छ, पुनर्विचार ..
काठमाडौं, भदौ १९ : नेपाली कांग्रेसका महामन्त्री एवम सांसद गगन थापाले सामाजिक सञ्जालको विषयमा सरकारले गरेको निर्ण..
2 दिन पहिले
सामाजिक सञ्जाल बन्द गर्ने निर्णय: नागरिक स्वतन्त्रता मा..
जनकपुरधाम, भदौ १९ गते । नेपाल सरकारले हालै गरेको निर्णयले फेरि एक पटक देशभर बहस चर्किएको छ। सरकारले Facebook, YouTube, WhatsApp, Twitter (..
2 दिन पहिले