Janakpurdham
Fri, Oct 03, 2025
`

नेपालको पर्यटन क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण : सचिव मैनाली

6 दिन पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, असोज ११ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले विश्व पर्यटन दिवसको अवसरमा बोल्दै नेपालको पर्यटन क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

सचिव मैनालीले सरकार नियामक र समन्वयकारी भूमिकामा रहने भए पनि वास्तविक कार्यान्वयन र प्रवद्र्धनमा निजी क्षेत्र अग्रपंक्तिमा देखिएको बताए।

‘नेपालको पर्यटनको कुरा गर्दाखेरि निजी क्षेत्र नै हो,’ उनले भने, ‘सरकार एउटा नियामक निकायको रूपमा, पहुँचकर्ता र समन्वयकर्ता हो, तर पर्यटनको क्षेत्रमा उल्लेखनीय भूमिका निजी क्षेत्रले नै खेलेको छ।’

उनले नीति सुधार, सरकारी तहबीचको समन्वय र संस्थागत सहकार्यलाई मन्त्रालयले प्राथमिकता दिएको उल्लेख गरे। ‘तीनै तहका सरकारहरुबीच, निजी क्षेत्रहरुबीच र विभिन्न मन्त्रालय तथा निकायहरुबीच समन्वय गरेर मन्त्रालयले पर्यटनको क्षेत्रमा ध्यान दिनेछ,’ सचिव मैनालीले भने।

उनले स्थानीय, प्रदेश र संघीय सरकारहरूले विभिन्न माध्यमबाट पर्यटकीय गतिविधिहरू सञ्चालन गरिरहेको उल्लेख गरे। ‘हामीसँग नेपाल पर्यटन बोर्ड लगायत पर्यटनसँग प्रत्यक्ष अप्रत्यक्ष रूपमा संलग्न अन्य निकायहरू छन् । तिनीहरूसँग समन्वय गर्दै आएका छौं,’ उनले थपे।

सचिव मैनालीले निजी क्षेत्रसँगको निरन्तर संवाद र सहकार्य पर्यटन प्रवद्र्धनको प्रमुख आधार भएको भन्दै मन्त्रालय सधैं सकारात्मक वातावरणमा सहकार्य गर्न तयार रहेको स्पष्ट पारे । उनले नीतिगत संवाददेखि अन्य सबै कुरामा निजी क्षेत्रको साथ र समर्थनलाई आफूले उच्च मूल्यांकन गरेको समेत उल्लेख गरे।

साभार ः काठमाडौं प्रेस

 

 

`
12 comments
जनकपुरधाममा खोइँच भराइँ सुरु, महाअष्टमीमा बोकाबलीको तय..

जनकपुरधाम,,असोज १४ गते । सप्तमी तिथिमा आराध्य देवी दुर्गाको बेलतोडी विधिसँगै जनकपुरधामलगायत तराई–मधेशका शक्..

3 दिन पहिले

प्रधानमन्त्री सुशीला कार्कीले यसवर्ष बडा दशैंको टीका न..

काठमाडौं ,असोज १३ गते । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा धेरै युवाको ज्यान गएको सन्दर्भमा यसवर्ष ब..

3 दिन पहिले

वेस्ट इन्डिजविरुद्ध नेपालको ऐतिहासिक सिरिज विजय

काठमाडौं ,असोज १३ गते । लगातार दोस्रो जितसंगै नेपालले वेस्ट इन्डिजसँगको ऐतिहासिक टी-२०आई सिरिजको उपाधी जितेको छ ..

3 दिन पहिले

नेपाल प्रहरीका ४ डिआइजी एआइजीका लागि सिफारिस

काठमाडौं,असोज १२ गते । नेपाल प्रहरीका ४ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) ब..

4 दिन पहिले

पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसिया कपको उपाधि

काठमाडौं ,असोज १२ गते । एसिया कप क्रिकेट २०२५ को उपाधि लगातार दोस्रोपटक भारतले जितेको छ । आइतबार राति दुबई अन्तर्र..

4 दिन पहिले