
प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक
4 दिन पहिले प्रकाशित
Esandhyakalin

काठमाडौ, असोज २० : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोग, नेपालले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । सोमबार आयोगको बैठकले कार्यतालिका स्वीकृत गरेको हो।
निर्वाचन आयोगका अनुसार निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको प्रक्रिया मंसिर १ गतेदेखि १० गतेसम्म सञ्चालन हुनेछ। पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ।
निर्वाचन प्रचारप्रसारको अवधि फागुन ३ गतेदेखि १८ गतेसम्म रहनेछ भने त्यसपछि मौन अवधि सुरु हुनेछ। मतदान भने फागुन २१ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म हुनेछ । मतदान सकिएपछि दुवै प्रणालीतर्फको मतपेटिका संकलन गरी मतगणना सुरु गरिनेछ।
यसैगरी, समानुपातिक निर्वाचन प्रणालीका लागि निर्वाचन अधिकृतको कार्यालय मंसिर १५ गतेदेखि सञ्चालनमा आउनेछ। सो प्रणालीअन्तर्गत बन्दसूची पेस गर्ने मिति पुस १८ र १९ गते निर्धारण गरिएको छ।
आयोगले दल दर्तासम्बन्धी प्रावधान स्पष्ट गर्दै आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले मात्र निर्वाचन प्रयोजनका लागि पुनः दल दर्ता गर्न पाउने व्यवस्था रहेको जनाएको छ। त्यसकारण, आगामी निर्वाचनमा भाग लिन चाहने सरोकारवाला दलहरूले २०८२ सालको कात्तिक ३० गतेभित्र राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्नेछ।
निर्वाचन प्रक्रियामा सरोकारवाला निकाय र राजनीतिक दलहरूसँग समन्वय तथा परामर्शलाई आयोगले निरन्तरता दिने बताएको छ।
प्रवक्ता तथा सहसचिव नारायण प्रसाद भट्टराईले विज्ञप्तिमार्फत ‘स्वतन्त्र र निष्पक्ष निर्वाचनः राष्ट्रको गौरव’ नारालाई आत्मसात गर्दै आयोगले निर्धारित कार्यतालिका अनुरूप सबै प्रक्रिया अघि बढाउने जानकारी गराएका छन्।
साभार : काठमाडौं प्रेस

भिजिट भिसा प्रकरणको छानबिन समिति प्रतिवेदन कार्यान्वयन..
काठमाडौं, असोज २३ गते । सरकारले भूमि समस्या समाधान आयोग र सवै जिल्ला समिति खारेज गर्ने निर्णय गरेको छ ।सिंहदरबारम..
3 घन्टा पहिले
कांग्रेसले भन्यो- कार्यवाहक सभापतिबारे छलफल भएको छैन, सं..
काठमाडौं , असोज २३ गते । नेपाली कांग्रेसले सरकार फागुन २१ मा हुने भनिएको निर्वाचनप्रति गम्भीर नभएको आरोप लगाएको छ..
3 घन्टा पहिले
सानेपामा बसेको कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन स..
काठमाडौं ,असोज २२ गते । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापाले क्रियाशील सदस्यताको अ..
1 दिन पहिले
मधेशमा काँग्रेस नेतृत्वमा सरकार गठनका लागि दाबी पेश, याद..
जनकपुरधाम, असोज २२ गते । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि नेपाली काँग्रेस, नेकपा (एमाले) र जनमत पार्टीले संयुक्..
1 दिन पहिले
चुनावको वातावरण निर्माण गर्न सरकारले राजनीतिक दलसँग छल..
काठमाडौं, असोज २१ : निर्वाचन आयोगले फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा चुनावको विषयमा राजनीतिक वातावरण निर्..
2 दिन पहिले

-
कांग्रेसले भन्यो- कार्यवाहक सभापतिबारे छलफल भएको छैन, संसद् पुनर्स्थापनाको मुद्दा छाडेका छैनौं
-
सानेपामा बसेको कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समिति बैठकले के गर्यो निर्णय ?
-
मधेशमा काँग्रेस नेतृत्वमा सरकार गठनका लागि दाबी पेश, यादव मुख्यमन्त्रीमा प्रस्तावित
-
चुनावको वातावरण निर्माण गर्न सरकारले राजनीतिक दलसँग छलफल गर्नुपर्छ : प्रवक्ता भट्टराई