
घरबासविहीनलाई आवास निर्माणका लागि अनुदान दिने निर्णय
2 दिन पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं, असोज २१ : सरकारले बाढी–पहिरोबाट घरबास गुमाएकालाई तत्काल अस्थायी आवास निर्माणका लागि अनुदान दिने भएको छ।मंगलबार सिंहदबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले उक्त निर्णय गरेको हो। प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा बैठकले बाढी–पहिरोबाट घरबास गुमाएकालाई अस्थायी आवास निर्माणका लागि अनुदान दिनेलगायत सातवटा निर्णय गरेको छ।
‘विपद्मा घरबास गुमाएका परिवारहरूका लागि अस्थायी आवास निर्माण गर्न स्थानीय तहको समन्वयमा यथाशीघ्र लाभग्राही पहिचान गरी पठाउन निर्देशन दिने र लाभग्राही पहिचान भई आएपश्चात् अस्थायी आवास निर्माण अनुदानसम्बन्धी मापदण्ड, २०८१ बमोजिमको अनुदान रकमको पहिलो किस्ता तत्काल उपलब्ध गराउने,’ निर्णयमा उल्लेख छ।विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा प्रधानमन्त्री कार्कीसहित अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा मन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललगायत सहभागि थिए।
साभार : काठमाडौं प्रेस

भिजिट भिसा प्रकरणको छानबिन समिति प्रतिवेदन कार्यान्वयन..
काठमाडौं, असोज २३ गते । सरकारले भूमि समस्या समाधान आयोग र सवै जिल्ला समिति खारेज गर्ने निर्णय गरेको छ ।सिंहदरबारम..
3 घन्टा पहिले
कांग्रेसले भन्यो- कार्यवाहक सभापतिबारे छलफल भएको छैन, सं..
काठमाडौं , असोज २३ गते । नेपाली कांग्रेसले सरकार फागुन २१ मा हुने भनिएको निर्वाचनप्रति गम्भीर नभएको आरोप लगाएको छ..
3 घन्टा पहिले
सानेपामा बसेको कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन स..
काठमाडौं ,असोज २२ गते । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापाले क्रियाशील सदस्यताको अ..
1 दिन पहिले
मधेशमा काँग्रेस नेतृत्वमा सरकार गठनका लागि दाबी पेश, याद..
जनकपुरधाम, असोज २२ गते । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि नेपाली काँग्रेस, नेकपा (एमाले) र जनमत पार्टीले संयुक्..
1 दिन पहिले
चुनावको वातावरण निर्माण गर्न सरकारले राजनीतिक दलसँग छल..
काठमाडौं, असोज २१ : निर्वाचन आयोगले फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा चुनावको विषयमा राजनीतिक वातावरण निर्..
2 दिन पहिले

-
कांग्रेसले भन्यो- कार्यवाहक सभापतिबारे छलफल भएको छैन, संसद् पुनर्स्थापनाको मुद्दा छाडेका छैनौं
-
सानेपामा बसेको कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समिति बैठकले के गर्यो निर्णय ?
-
मधेशमा काँग्रेस नेतृत्वमा सरकार गठनका लागि दाबी पेश, यादव मुख्यमन्त्रीमा प्रस्तावित
-
चुनावको वातावरण निर्माण गर्न सरकारले राजनीतिक दलसँग छलफल गर्नुपर्छ : प्रवक्ता भट्टराई