
आफ्नो कार्यकाल पूर्ण रुपमा सफल भएको छ : निवर्तमान मुख्यमन्त्री सिंह
15 घन्टा पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम ,असोज ३० गते । मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले नवगठित जनस्वराज पार्टी हालका लागि तटस्थ रुपमा बस्ने बताउनु भएको छ ।
निवर्तमान मुख्यमन्त्री सिंहले जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टी अहिले कुनै समूहमा नजाने निर्णयमा रहेको जानकारी दिनु भएको हो ।
सिंहले पछिल्लो समय मधेशमा राजनीतिक ध्रुवीकरण हुँदै गएको अवस्थामा जनस्वराज पार्टीले कुनै पक्षमा उभिनु सान्दर्भिक नहुने भन्दै तटस्थ भूमिकामा बस्ने निर्णय लिएको जानकारी दिनु भयो ।
उहाँले अहिले सनाखत प्रक्रिया चलिरहेकाले यस्तो संवेदनशील अवस्थामा हामी एकपक्षीय समर्थनमा जाने पक्षमा नरहेको बताउँदै रचनात्मक, जनमुखी र सुशासनमुखी एजेन्डा लिएर आएको खण्डमा हामी त्यसको समर्थन गर्न गर्ने बताउनु भयो ।
निवर्तमान मुख्यमन्त्री सिंहले आफ्नो कार्यकाल पूर्ण रुपमा सफल भएको र केही कामको परिणाम चाडै सकारात्मक रुपमा आउने दाबी पनि गर्नु भयो । उहाँले मधेशको पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा केही सकारात्मक काम गर्ने प्रयास गरेका बताउनु भयो ।
उहाँले नेतृत्व गरेको नयाँ राजनीतिक दल ‘जनस्वराज पार्टी’ को उद्देश्य र मार्गदर्शन सिद्धान्तहरूबारे चर्चा गर्दै सिंहले यो पार्टी मधेशमा वैकल्पिक शक्ति बन्ने दाबी पनि गर्नु भयो । जनता अब विकल्प खोज्दैछन् । पुराना संरचनाबाट निराश भएका जनताले जनस्वराज पार्टीलाई एक आशाको रूपमा हेर्न थालिसकेका दाबी सिंहले गर्नुभयो ।
साभार : रेडियो नेपाल

कात्तिक ६ गते बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत
काठमाडौँ ,असोज ३० गते । अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णयक समितिले २०८२ साल तिहार (शुभ दीपावली)का लागि विभिन्न देशह..
14 घन्टा पहिले
आफ्नो कार्यकाल पूर्ण रुपमा सफल भएको छ : निवर्तमान मुख्यम..
जनकपुरधाम ,असोज ३० गते । मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले नवगठित जनस्वराज पार्टी हालक..
15 घन्टा पहिले
मधेश प्रदेशको मुख्यमन्त्री पदमा सोनल नियुक्त
जनकपुरधाम, असोज २९ गते । मधेश प्रदेशका चौथो मुख्यमन्त्री पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन..
2 दिन पहिले
क्रिकेट: नेपाल टी-२० विश्वकपमा छनोट
काठमाडौँ , असोज २९ गते । नेपालले अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने टि–२० आइसिसी विश्वकप, २०२६ का लागि ..
2 दिन पहिले
सबै पालिकामा आईटी अधिकृत परिचालन गरिँदै, स्थानीय तहले नै..
काठमाडाैं ,असोज २८ गते । सरकारले सबै स्थानीय तहमा सूचना प्रविधि (आईटी) अधिकृत परिचालन गर्ने भएको छ । स्थानीय तहमा स..
3 दिन पहिले