Janakpurdham
Wed, Oct 22, 2025
`

कांग्रेस कार्यवाहक सभापति खड्का भन्छन्– निर्वाचनको वातावरण बने पार्टीले सहभागीता जनाउँछ

4 घन्टा पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, कात्तिक ४ : नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचनको वातावरण बने पार्टीले सहभागीता जनाउने बताएका छन्।

मङ्गलबार सुर्खेतमा आयोजित पूर्व पार्टी सभापति गोविन्दबहादुर मल्लको १३ औं पून्यतिथिमा आयोजित श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै खड्काले यस्तो भनाई राखेका हुन्। 

कार्यक्रममा खड्काले भने, ‘चुनावका लागि बन्नुपर्ने सबै वातावरण बन्दा नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी चुनावमा जान तयार छ । तर, अहिलेसम्म सरकारले चुनाव गराउने गरेर कुनै कामहरू गरको छैन।’

ड्काले साँच्चै सरकारले चुनाव गराउने हो भए जेनजीको पवित्र आन्दोलनका क्रममा घुसपैठ गरेर लुटिएका हतियारहरू फिर्ता गर्नुपर्ने, प्रहरी र सुरक्षा निकायको मनोबल बढाउने काम गर्नुपर्ने, चुनावमा भाग लिने दलहरूलाई विश्वासमा लिनुपर्ने, आम मतदातामा सुरक्षाको प्रत्याभूति गराउनुपर्ने पनि बताए। 

पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकले चुनाव, पार्टीको अधिवेशन, अहिलेको वर्तमान परिस्थितिका बारेमा आधिकारिक निर्णय गर्ने जानकारी पनि दिए।

‘सरकार चुनावको वातावरण बनाउन छोडेर पार्टीका नेताहरूमाथि पूर्वाग्रह तरिकाले लाल्छना लगाउने, भ्रम सृजना गर्ने, अहिलेको अन्योललाई बढाउने काम गरिरहेको छ,’ कार्यबहाक सभापति खड्काले भने। 

उनले कुनै पनि खालको कानुनी प्रक्रियाबाट हुने छानबिन अनुसन्धानहरूमा खुला रहेकोसमेत बताए। सरकारमा रहेका जिम्मेवार व्यक्तिबाट भ्रम सृजना गर्ने, अनेक लाल्छना लगाउनेलगायतका कार्यहरू भइरहेको भन्दै सरकारको ध्यानाकर्षणसमेत गराए। 

साभार : काठमाडौं प्रेस

`
12 comments
जेनजी आन्दोलका घाइतेहरूसँग प्रधानमन्त्री कार्कीले गरि..

काठमाडौं, कात्तिक ४ : प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलका घाइतेहरूसँग बालुवाटारमा ४ घण्टाभन्दा बढी स..

3 घन्टा पहिले

कांग्रेस कार्यवाहक सभापति खड्का भन्छन्– निर्वाचनको वात..

काठमाडौं, कात्तिक ४ : नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचनको वातावरण बने पार्टीले ..

4 घन्टा पहिले

प्रचण्डकी छोरी गंगा दाहालले दिइन् सचिवालयबाट राजीनामा

काठमाडौं, कात्तिक ३ : नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले सचिवालयबाट रा..

1 दिन पहिले

लक्ष्मी पूजामा झिलिमिली काठमाडौं

काठमाडौं, कात्तिक ३ : हिन्दू नेपालीहरूको चाड तिहार सुरू भएसँगै काठमाडौं सहरहरु बत्तिले सजिएको छ।  तिहारमा झिल..

1 दिन पहिले

कार्तिक कृष्ण आमावास्या : धन धान्यकी देवी लक्ष्मी पूजा

काठमाडौँ,कार्तिक ३ गते । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मी..

2 दिन पहिले