Janakpurdham
Thu, Oct 30, 2025
`

मधेश प्रदेशमा समुद्री आँधी “मोन्था” को उच्च जोखिम, सजग रहन मुख्यमन्त्रीको अपिल

5 घन्टा पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,कार्तिक १२ गते । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलको अध्यक्षतामा प्रदेश विपत व्यवस्थापन कार्यकारी समितिको आज बसेको बैठकले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ ।

मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालयमा आज बसेको बैठकले मधेशका विभिन्न जिल्लाहरूमा भारतको बंगालको खाडी भएर भोली दिउँसो १२ बजेतिर मधेश प्रदेशका जिल्लाहरूमा “मोन्था” नामक समुद्री आँधीको असर देखिने भएकाले प्रदेशभरि उच्च सजगता अपनाउने निर्णय गरेको हो ।

यसको प्रभाव अगामी १५ गतेसम्म रहने भएकाले नदी तथा खोलामा जलस्तर बढ्ने खतरा भएकाले सो क्षेत्रका जनतालाई सचेत रहनका लागि आग्रह गर्दै विपत आइहालेको खण्डमा चारै सुरक्षा अङ्ग तत्काल परिचालन भएर उद्धारको काम गर्ने निर्णय भएको छ ।

यसका साथै मधेश प्रदेशको रातो, विगही, लखनदेही, बागमती, कमला तथा सप्तकोशी नदिको जलस्तर बढ्ने सम्भावित खतरा रहेकाले सो खोला क्षेत्र आसपासमा नजान तथा सजग रहनका लागि मुख्यमन्त्री सोनलले बैठकपछि पत्रकार मार्फत प्रदेशवासीमा अपिल गर्नुभयो ।

मधेश प्रदेशको बारा पर्सा जिल्ला भएर प्रवेश गर्ने सो समुद्री आधिको प्रभाव आठै जिल्लामा रहने अनुमान भएकाले सम्भावित जोखिमबाट जोगिन तथा जोगाउनका लागि विभिन्न स्थानीय तह, सुरक्षा, निकाय, युवा तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूसँग मुख्यमन्त्री सोनलले अपिल गर्नुभएको हो ।  

प्रदेश विपत व्यवस्थापन कार्यकारी समितिको बैठकमा विभिन्न मन्त्रालयका सचिवहरू, मधेश प्रदेशका नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा नेपाली सेनाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।   


साभार : रेडियो नेपाल

`
12 comments
राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि माघ ११ गते न..

काठमाडौँ ,कार्तिक १२ गते । सरकारले राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि माघ ११ गते आइतबारका दिन निर्वाच..

5 घन्टा पहिले

मधेश प्रदेशमा समुद्री आँधी “मोन्था” को उच्च जोखिम, सजग र..

जनकपुरधाम,कार्तिक १२ गते । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलको अध्यक्षतामा प्रदेश विपत व्यवस्थापन क..

5 घन्टा पहिले

कांग्रेस नेता पौडेल भन्छन्– नियमित महाधिवेशन सम्भव छ, नय..

काठमाडौं, कात्तिक ११ : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको नियमित महाधिवेशन सम्भव रहेको र नयाँ नेतृ..

1 दिन पहिले

मुख्यमन्त्री सोनल र जसपा नेपालका अध्यक्ष यादवबीच भेट

धनुषा, कात्तिक ११ : मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने तयारीमा रहेको बेला जनता समाज..

1 दिन पहिले

उदाउँदो सूर्यलाई अर्घ्य दिइयो, छठपर्व सम्पन्न

काठमाडौं ,कार्तिक ११ गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यल..

2 दिन पहिले