Janakpurdham
Mon, Sep 21, 2026
`

मधेश प्रदेशमा समुद्री आँधी “मोन्था” को उच्च जोखिम, सजग रहन मुख्यमन्त्रीको अपिल

11 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,कार्तिक १२ गते । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलको अध्यक्षतामा प्रदेश विपत व्यवस्थापन कार्यकारी समितिको आज बसेको बैठकले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ ।

मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालयमा आज बसेको बैठकले मधेशका विभिन्न जिल्लाहरूमा भारतको बंगालको खाडी भएर भोली दिउँसो १२ बजेतिर मधेश प्रदेशका जिल्लाहरूमा “मोन्था” नामक समुद्री आँधीको असर देखिने भएकाले प्रदेशभरि उच्च सजगता अपनाउने निर्णय गरेको हो ।

यसको प्रभाव अगामी १५ गतेसम्म रहने भएकाले नदी तथा खोलामा जलस्तर बढ्ने खतरा भएकाले सो क्षेत्रका जनतालाई सचेत रहनका लागि आग्रह गर्दै विपत आइहालेको खण्डमा चारै सुरक्षा अङ्ग तत्काल परिचालन भएर उद्धारको काम गर्ने निर्णय भएको छ ।

यसका साथै मधेश प्रदेशको रातो, विगही, लखनदेही, बागमती, कमला तथा सप्तकोशी नदिको जलस्तर बढ्ने सम्भावित खतरा रहेकाले सो खोला क्षेत्र आसपासमा नजान तथा सजग रहनका लागि मुख्यमन्त्री सोनलले बैठकपछि पत्रकार मार्फत प्रदेशवासीमा अपिल गर्नुभयो ।

मधेश प्रदेशको बारा पर्सा जिल्ला भएर प्रवेश गर्ने सो समुद्री आधिको प्रभाव आठै जिल्लामा रहने अनुमान भएकाले सम्भावित जोखिमबाट जोगिन तथा जोगाउनका लागि विभिन्न स्थानीय तह, सुरक्षा, निकाय, युवा तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूसँग मुख्यमन्त्री सोनलले अपिल गर्नुभएको हो ।  

प्रदेश विपत व्यवस्थापन कार्यकारी समितिको बैठकमा विभिन्न मन्त्रालयका सचिवहरू, मधेश प्रदेशका नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा नेपाली सेनाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।   


साभार : रेडियो नेपाल

`
12 comments
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

11 घन्टा पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

11 घन्टा पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

1 दिन पहिले

टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकाल..

काठमाडौं, असाेज ३ : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ । शनिबार मात्र माथिल्लो त्रिशूली १ जलविद..

1 दिन पहिले

वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..

काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..

2 दिन पहिले