इरानमा पक्राउ परेका नेपाली अमृत झा सकुशल
6 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, चैत २० : परराष्ट्र मन्त्रालयले इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा सकुशल रहेको जनाएको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले झालाई हाल इरानको कारागारमा राखेर मुद्दा चलिरहेको जानकारी दिए। उनका अनुसार झा मध्यपूर्वमा तनाव सुरु हुनुभन्दा पहिले नै पक्राउ परेका हुन्।
‘सम्बन्धित अदालतबाट निर्णय हुन बाँकी छ, सजायबारे अहिले केही भन्न सक्ने अवस्था छैन,’ क्षेत्रीले भने, ‘परराष्ट्र मन्त्रालयले थप जानकारी लिने प्रयास गरिरहेको छ। एकजना वकिलले भेटिसक्नु भएको छ र उहाँ सुरक्षित हुनुहुन्छ।’
यसैबीच, इजरायल–अमेरिका र इरानबीच जारी द्वन्द्वका कारण मध्यपूर्वका विभिन्न स्थानमा मृत्यु भएका ३८ नेपाली नागरिकको शव स्वदेश ल्याउन ढिलाइ भएको मन्त्रालयले जनाएको छ।

उडान प्रभावित भएकाले शव ल्याउन समस्या भएको प्रवक्ता क्षेत्रीले बताए। उनका अनुसार रियादमा १७, दुबईमा १५, जेद्दामा ५, आबुधाबीमा ४, तेल अविवमा ३, कतारमा २ तथा ओमान र बहराइनमा १–१ शव नेपाल ल्याउन बाँकी छन्।
त्यस्तै, हालसम्म मध्यपूर्व क्षेत्रमा भएको आक्रमणमा परी एक जना नेपालीको मृत्यु भएको र २१ जना घाइते भएको मन्त्रालयले जनाएको छ।
घाइतेमध्ये अधिकांशले सामान्य उपचारपछि फर्किएको बताइएको छ। हालसम्म ११ जना नेपाली पक्राउ परेको जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ।
साभार: काठमाडौं प्रेस
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
11 घन्टा पहिले
नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..
काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..
11 घन्टा पहिले
नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..
जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..
1 दिन पहिले
मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल
जनकपुरधाम, असोज २५ गते । चन्द्रमासले आज असोज शुक्लपक्षको प्रतिपदा तिथि । नेपालीको राष्ट्रिय चाड दसैँ आज सुरु हुँà¤..
1 दिन पहिले
कांग्रेस सभापतिमा गगन थापा निर्वाचित
काठमाडौं, असाेज२४ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट पार्टीको नयाँ सभापतिमा गगनकुमार ..
2 दिन पहिले