Janakpurdham
Thu, Nov 26, 2026
`

कांग्रेस महाधिवेशनमा ‘के गर्ने, के नगर्ने’ प्रस्ताव : नियुक्तिदेखि भ्रष्टाचार नियन्त्रणसम्म जोड

2 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, असाेज १९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पार्टीले सार्वजनिक नियुक्ति, सार्वजनिक स्रोतको उपयोग, नीतिगत सदाचार, भ्रष्टाचार नियन्त्रण, समावेशिता तथा सदस्यको अधिकारका विषयमा ‘के गर्ने, के नगर्ने’ भन्ने प्रस्ताव अघि सारेको छ।

प्रस्तावमा सार्वजनिक नियुक्तिलाई दलगत निकटता, पारिवारिक सम्बन्ध वा दबाबका आधारमा नभई समावेशितासहित योग्यता, क्षमता र इमानदारीका आधारमा गर्ने उल्लेख गरिएको छ।

संवैधानिक नियुक्तिमा दुई वर्षको ‘कुलिङ अफ’ व्यवस्था अघि सार्ने कांग्रेसको प्रस्ताव छ। त्यस्तै, सम्पत्ति, बजेट र अधिकारको उपयोग सार्वजनिक हित र नागरिक निगरानीमा गर्ने तथा स्वार्थको द्वन्द्व, बिचौलियाको प्रभाव र नीतिगत भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता जनाइएको छ।

भ्रष्टाचार र न्यायको विषयमा कांग्रेसले निष्पक्ष अनुसन्धान र न्यायिक परीक्षणलाई चल्न दिने जनाएको छ। आफ्नै पक्षमा पनि एउटै नियम लागू गर्ने भन्दै आरोपितलाई पार्टीगत बचाउ, राजनीतिक संरक्षण वा अनुसन्धानमा हस्तक्षेप नगर्ने प्रस्तावमा उल्लयख गरिएको छ। 

कांग्रेसले महिला, युवा तथा वञ्चितीकरणमा परेका समुदायको नीति र नेतृत्वमा वास्तविक प्रभाव बढाउने जनाएको छ । प्रतिनिधित्वलाई संख्या, औपचारिकता वा सजावटमा मात्र सीमित नगर्ने पनि प्रस्तावमा उल्लेख छ।

सदस्यको अधिकारका विषयमा नीति, नेतृत्व र उम्मेदवार छनोटमा सदस्यको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने कांग्रेसले जनाएको छ। सदस्यलाई निर्देशन पालना र निर्वाचन परिचालनमा मात्र सीमित नगर्ने प्रस्तावमा उल्लेख छ।

उम्मेदवार तथा जिम्मेवारी छनोटमा प्राइमरी, योग्यता, सामुदायिक योगदान र नैतिक आचरणलाई आधार बनाउने कांग्रेसको प्रस्ताव छ। पैसा, पहुँच वा नेतृत्वसँगको निकटतालाई योगदानको विकल्प नबनाउने पनि स्पष्ट गरिएको छ।

कांग्रेसले दल, गुट वा व्यक्तिको लाभका लागि सार्वजनिक स्रोत दुरुपयोग हुन नदिने तथा नीतिगत निर्णयको नाममा अनुचित लाभ दिने वा छानबिनबाट उम्काउने काम नगर्ने प्रतिबद्धता जनाएको छ।

साभार ः काठमाडौं प्रेस

`
12 comments
नीतिगत तहमा सुधारको प्रयास भइरहेको छ : सञ्चारमन्त्री

काठमाडाैं, मंसिर ९ : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सञ्चार तथा पत्रकारिता क्षेत्रलाई नीतिगत तहम..

18 घन्टा पहिले

नागरिक लगानी कोष ऐनलाई समयानुकूल अद्यावधिक गर्न संशोधन à..

काठमाडौं, मंसिर ९ : अर्थमन्त्री स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको पुँजी वृद्धि गर्दै लगानीका क्षेत्र तथा वित्..

18 घन्टा पहिले

अयोध्या–जनकपुर रेलसँगै हवाई सेवा पनि सञ्चालन गर्न मुख्à¤..

जनकपुरधाम, मंसिर ८ गते ।  अयोध्या र जनकपुरधामबीच धार्मिक तथा पर्यटकीय सम्बन्ध थप विस्तार गर्न मधेश प्रदेशका मुख..

2 दिन पहिले

सुनकोसी–मरिणको ठेक्का रद्द भए मधेस आन्दोलित हुन मनिष झाà..

काठमाडौं, मंसिर ८ : सुनकोसी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द भए मधेश आन्दोलित हुने चेतावनी राष्ट्रिय स्वतन्त..

2 दिन पहिले

मधेश प्रदेशका मन्त्रालयकाे वेबसाइट अपाङ्गतामैत्री बनाà..

जनकपुरधाम, मंसिर ७ गते । अपाङ्गता भएका व्यक्तिहरूलाई सूचना तथा सञ्चारको समान पहुँचबाट वञ्चित हुन नदिन मधेश प्रदे..

3 दिन पहिले