कांग्रेसले थाल्याे १५औं महाधिवेशन तयारी
6 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, चैत २१ : नेपाली कांग्रेसले आजदेखि १५औं महाधिवेशनको प्रक्रिया अगाडि बढाएको छ। पछिल्लो केन्द्रीय कार्यसमिति बैठकले गरेको निर्णयअनुसार कांग्रेसले शनिबारदेखि १५औं महाधिवेशनको प्रक्रिया अगाडि बढाएको हो।
कांग्रेसको १५ औँ महाधिवेशनको तयारीलाई केन्द्रमा राखेर ‘जरा अभियान’ सञ्चालन गरिएको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जानकारी दिए।
पार्टीको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जरा अभियानमार्फत महाधिवेशनको तयारीसँगै सांगठनिक सुदृढीकरण, नागरिकसँग समीक्षा तथा सामाजिक गतिविधिसँग पार्टीलाई जोड्ने उद्देश्य रहेको स्पष्ट पारे।
‘हामीले १५ औँ महाधिवेशनको तयारी सँगसँगै जरा अभियान भनेर तोकेको स्थिती छ। जरा अभियानभित्र हाम्रो १५ औँ महाधिवेशनको तयारीसँगै सांगठनिक विषय, नागरिकसंगको समिक्षाको विषय र सामाजिक गतिविधिको विषयसँग पार्टीलाई जोड्ने भन्ने कुरा गरेका छौं । यी विषयहरु जोडेर हामीले ७७ वटै जिल्लामा जो प्रतिनिधिहरु खटिनु भएको छ उहाँहरुसँग बसेर यी विषयहरुमा अन्तरक्रिया संवाद गरेका छौं,’ उनले भने।
उनले पार्टीले ७७ वटै जिल्लामा प्रतिनिधि खटाई ती विषयहरूमा अन्तरक्रिया तथा संवाद गरेको समेत बताए । ती प्रतिनिधिहरूलाई अभियानसम्बन्धी जानकारी गराउनुका साथै जिल्लामा गर्ने कामका बारेमा स्पष्ट जिम्मेवारी तोकिएको उनले बताए।
महामन्त्री पौडेलले बैशाख महिनाभर खटिएका प्रतिनिधिहरूले सम्बन्धित जिल्लामा बसेर सदस्यता वितरण अभियानलाई व्यवस्थित गर्ने, पुराना सदस्यता अद्यावधिक गर्ने तथा नयाँ सदस्यता वितरणका लागि विधानअनुसारका व्यवस्था कार्यान्वयन गर्ने जानकारी दिए।
यसैगरी, तोकिएका अन्य जिम्मेवारीहरू पनि सोही अनुसार सम्पन्न गर्ने गरी प्रतिनिधिहरूलाई निर्देशन दिइएको उनले बताए।
‘७७ वटै जिल्लामा खटिनु भएका नेपाली कांग्रेसका नेताहरुले बैसाख महिनाभरी सम्बन्धित जिल्लामा बसेर नेपाली कांग्रेसको सदस्यता वितरण अभियानलाई व्यवस्थित गर्ने, पुरानो सदस्यतालाई अद्यावधिक गर्ने, नयाँ सदस्यता वितरणका निम्ती विधानले तोके बमोजिमको व्यवस्थालाई लागू गर्ने र अन्य जिम्मेवारीहरुलाई त्यसअनुसार पुरा गर्नेगरी हामीले तोकेका प्रतिनिधिहरुलाई उहाँहरुको जिम्मेवारी के हो? जिल्लामा गएर गर्ने के हो? त्यसको बारेमा जानकारी मुलक कार्यक्रम सम्पन्न गरेका छौं,’ उनले भने।
प्रतिनिधिसभा निर्वाचनपछि १०–११ चैतमा बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज (१६–१९) मा १५ औं महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका पारित गरेको थियो।
कार्यतालिकाअनुसार २१ चैतदेखि मसान्तसम्म केन्द्रबाट सदस्यता फारम वडा तहसम्म पठाउने र सदस्यता वितरणका लागि १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने भनिएको थियो।
साभार: काठमाडौं प्रेस
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
11 घन्टा पहिले
नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..
काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..
11 घन्टा पहिले
नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..
जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..
1 दिन पहिले
मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल
जनकपुरधाम, असोज २५ गते । चन्द्रमासले आज असोज शुक्लपक्षको प्रतिपदा तिथि । नेपालीको राष्ट्रिय चाड दसैँ आज सुरु हुँà¤..
1 दिन पहिले
कांग्रेस सभापतिमा गगन थापा निर्वाचित
काठमाडौं, असाेज२४ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट पार्टीको नयाँ सभापतिमा गगनकुमार ..
2 दिन पहिले