Janakpurdham
Tue, Oct 13, 2026
`

साउथ प्वाईन्ट बोर्डिंग स्कुलद्धारा विज्ञान प्रर्दशनी

6 महीना पहिले प्रकाशित

Esandhyakalin

`

 जनकपुरधाम, वैशाख ३ गते । नेपालको शिक्षा जगतमा छुट्टै पहिचान स्थापित गर्न सफल जनकपुरधामस्थित साउथ प्वाईन्ट बोर्डिंग स्कुलले बिहीवार विज्ञान प्रर्दशनी गरेको छ । २०८३ साल बैशाख ३ गते बिहीवारदेखि दुई दिनसम्म विविध शैक्षिक, सामाजिक तथा मानवीय कार्यक्रमहरूको आयोजना गरी अतिरितm क्रियाक्लाप अन्तर्गत विद्यालय विज्ञान प्रर्दशनी गरेको हो ।विद्यालयका प्रिन्सिपल अजय कुमार साहका अनुसार अतिरितm क्रियाक्लाप अन्तर्गत पहिलो दिन बैशाख ३ गते विज्ञान प्रर्दशनी कार्यक्रमको आयोजना गरियो । विद्यार्थीहरुमा अन्तरनिहीत क्षमताको विकास र सकारात्मक ऊर्जाको विकास गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रममा विद्यालय परिवार, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो । त्यसैगरी दोस्रो दिन बैशाख ४ गते (आज) बिहान १० बजेदेखि ३ बजेसम्म चित्रकला कार्यक्रमको आयोजना गरिएको छ ।

साउथ प्वाईट विद्यालयले शिक्षा मात्र होइन, सामाजिक चेतना, मानवीय मूल्य र सद्भावको प्रवद्र्धनमा समेत निरन्तर योगदान दिँदै आएको भन्दै विद्यालय परिवारले सबैलाई कार्यक्रममा सहभागी भई सफल बनाउन आग्रह गरेको छ । विद्यार्थीलाई वैज्ञानिक, व्यावहारिक र अनुसन्धानात्मक शिक्षा दिनुपर्ने सन्देशसहित आयोजना गरिएको प्रदर्शनीले विज्ञान र प्रविधिको महत्त्व बढाउन यस्ता कार्यक्रम फलदायी हुने विश्वास लिईएको छ । विद्यार्थीहरूले केवल मोडलहरू मात्र बनाएनन्, बरु आगन्तुकहरू र अभिभावकहरूलाई आफ्नो प्रोजेक्टले कसरी काम गर्छ भन्ने कुरा निकै आत्मविश्वासका साथ बुझाएका थिए।किताबी सिद्धान्तलाई व्यवहारमा उतार्न पाउँदा विद्यार्थीहरूमा नयाँ जोस देखिएको थियो। विशेषगरी कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूले हप्तौँ लगाएर तयार पारेका रोबोटिक्स, स्मार्ट सिटी, र वातावरण मैत्री ऊर्जाका नमुनाहरू आकर्षणको केन्द्र बनेका थिए ।प्रतिस्पर्धात्मक भावनाः प्रदर्शनीमा उत्कृष्ट हुने प्रोजेक्टहरूलाई पुरस्कृत गरिने व्यवस्था भएकाले पनि विद्यार्थीहरू बीच स्वस्थ प्रतिस्पर्धा र उत्साह झल्किएको थियो ।अभिभावकको साथः आफ्ना छोराछोरीले बनाएका आविष्कारहरू हेर्न ठूलो संख्यामा अभिभावकहरू उपस्थित हुँदा विद्यार्थीहरूको मनोबल अझ उच्च देखिएको थियो । अभिभावकहरुले विद्यार्थीहरूको यो उत्साह र सिर्जनशीलताले भोलिको वैज्ञानिक जनशक्ति तयार पार्न मद्दत पुग्ने बताउनुभएको थियो ।

`
12 comments
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

10 घन्टा पहिले

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..

काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..

10 घन्टा पहिले

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

1 दिन पहिले

मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल

जनकपुरधाम, असोज २५ गते । चन्द्रमासले आज असोज शुक्लपक्षको प्रतिपदा तिथि । नेपालीको राष्ट्रिय चाड दसैँ आज सुरु हुँà¤..

1 दिन पहिले

कांग्रेस सभापतिमा गगन थापा निर्वाचित

काठमाडौं, असाेज२४ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट पार्टीको नयाँ सभापतिमा गगनकुमार ..

2 दिन पहिले