मधेश प्रदेशका मुख्यमन्त्रीले ज्येष्ठ १ गते विश्वासको मत लिनुहुने
5 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, बैशाख २८ गते । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले अगामी ज्येष्ठ १ शुक्रवार विश्वासको मत लिन लाग्नुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज बसेको मन्त्रीपरिषद्को बैठकले ज्येष्ठ १ गते विश्वासको मत लिने गरि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गर्ने निर्णय भएको मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले जानकारी दिनुभयो ।

मधेश प्रदेश सभाको सातौं अधिवेशनका लागि बैठक आह्वानका लागि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट पत्र आएको मधेश प्रदेशका प्रदेश प्रमुखको कार्यालयका सचिव नारायण प्रसाद दहालले जानकारी दिनुभयो । उहाँले प्रदेश प्रमुखको कार्यालयले आजै प्रदेश सभाको बैठक आह्वान गर्ने जानकारी दिनुभयो ।
पाँच दलको समर्थनमा मुख्यमन्त्री बन्नुभएका नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्ण प्रसाद यादवलाई दिएको समर्थन एक दल अर्थात् जनतम पार्टीका संसदीय दलका नेता चन्दन कुमार सिंहले फिर्ता लिएपछि ३० दिन भित्रमा मुख्यमन्त्रीले विश्वासको मत दिनु पर्ने संवैधानिक प्रावधान अनुसार ज्येष्ठ १ गते विश्वासको मत लिन लाग्नुभएको छ ।

मधेश प्रदेश सभामा नेपाली काँग्रेस, जनता समाजवादी पार्टी नेपाल, नेपाली कम्युनिष्ट पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका बीचमा गठबन्धन कायम राख्ने हिजो चारै दलको बैठकले सहमति गरेपछि मन्त्रीपरिषद्को बैठकले ज्येष्ठ १ गते विश्वासको मत लिने निर्णय गरेको छ ।
मधेश प्रदेश सभामा नेपाली काँग्रेसका २२, जनता समाजवादी पार्टीका १७, नेपाली कम्युनिष्ट पार्टीका १५ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका ८ जना प्रदेश सभा सदस्य रहेका छन् । चार दलको बीचमा गठबन्धन कायम रहेको खण्डमा वर्तमान मुख्यमन्त्रीको पक्षमा ६२ जनाको समर्थन देखिएको छ ।
साभार: रेडियो नेपाल
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
6 घन्टा पहिले
नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..
काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..
6 घन्टा पहिले
नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..
जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..
1 दिन पहिले
मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल
जनकपुरधाम, असोज २५ गते । चन्द्रमासले आज असोज शुक्लपक्षको प्रतिपदा तिथि । नेपालीको राष्ट्रिय चाड दसैँ आज सुरु हुँà¤..
1 दिन पहिले
कांग्रेस सभापतिमा गगन थापा निर्वाचित
काठमाडौं, असाेज२४ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट पार्टीको नयाँ सभापतिमा गगनकुमार ..
2 दिन पहिले