Janakpurdham
Tue, Oct 13, 2026
`

“अपाङ्गहरूको सामाजिक तथा आर्थिक अवस्थामा सुधार जरुरी”  

5 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, वैशाख २९ गते । मधेश प्रदेशका सभामुख रामअशिष यादवले अपाङ्गहरूको आर्थिक तथा सामाजिक अवस्थामा सुधारका लागि तीनै तहका सरकारबाट प्रयास हुन जरुरी रहेको बताउनु भएको छ ।

सभामुख यादवले सिविएम ग्लोबल फण्ड, अष्ट्रेलियन एडको आर्थिक सहयोगमा लाईफ नेपालद्वारा धनुषाका ४ पालिकालाई लक्षित गरेर आज देखि सञ्चालनमा आएको “आशा” समावेशी जीविकोपार्जन र आर्थिक सशक्तीकरण परियोजनाको जनकपुरधाममा शुभारम्भ गर्दै सो कुरा बताउनु भएको हो । 

उहाँले सामाजिक तथा आर्थिक रुपमा कमजोर रहेका वर्गलाई लक्षित गरेर सञ्चालनमा आएको परियोजनाले ती वर्गको सामाजिक तथा आर्थिक अवस्थामा सुधार ल्याउनका लागि सञ्चालनमा आएको आशा परियोजना सफल हुने विचार व्यक्त गर्नुभयो ।

सभामुख यादवले अपाङ्गता भएको व्यक्तिलाई लक्षित गरेर ल्याएको कार्यक्रमलाई बढी सफल एवं प्रभावकारी बनाउनमा सम्बन्धित पालिकाहरूको पूर्ण साथ र सहयोग रहने आशा व्यक्त गर्दै राज्यले गर्नु पर्ने काम अन्तर्राष्ट्रिय संस्थाले गर्न खोज्नु स्वागत योग्य भएको बताउनु भयो । 

धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रले राष्ट्रिय समस्याको रुपमा रहेको अपाङ्गता भएको व्यक्तिको जीविकोपार्जनमा सुधार गरेर गरिबी निवारण गर्ने उद्देश्य सहित सञ्चालनमा आएको आशा परियोजनालाई सफल बनाउने दायित्व तीनै तहका सरकारको भएको बताउनु भयो । 

सिविएम ग्लोबल फण्डका कन्ट्री डाइरेक्टर राजन भट्टराईले अपाङ्गलाई लक्षित गरेर सञ्चालनमा आएको परियोजनाबाट उनीहरूको आर्थिक तथा सामाजिक अवस्थामा परिवर्तन आउने विश्वास व्यक्त गर्नु भयो । लाईफ नेपालका अध्यक्ष सुरैत ठाकुरको अध्यक्षतामा भएको सो कार्यक्रममा परियोजनाका कार्यक्रम संयोजक पूजा शर्माले परियोजनाको विषयमा जानकारी दिनु भएको थियो । 

चार वर्षका लागि धनुषाको मिथिला, क्षिरेश्वर, हंशपुर नगरपालिका, लक्ष्मीनिया गाउँपालिकाका ३८ वडामा सञ्चालन हुने परियोजनाबाट प्रत्यक्ष रुपमा ३ हजार र तथा अप्रत्यक्ष रुपमा १० हजार व्यक्ति लाभान्वित हुनेछ विश्वास परियोजनाको रहेको छ । 

परियोजनाले लक्षित वर्गको सामाजिक तथा स्वास्थ्य सुरक्षा, समावेशी सुशासन, जलवायु उत्थानशीलता कृषि, आर्थिक सशक्तीकरण र संस्थागत विकासको क्षेत्रमा काम गर्ने लाईफ नेपालका अध्यक्ष सुरैत ठाकुरले जानकारी दिनु भयो । कार्यक्रममा अपाङ्ग समाज जनकपुरधामका अध्यक्ष शत्रुधनलाल कर्ण, प्रदेश तथा स्थानीय तहका प्रमुख उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागिता रहेका थिए ।     

 

साभार: रेडियो नेपाल

`
12 comments
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..

काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..

7 घन्टा पहिले

नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..

काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..

7 घन्टा पहिले

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

1 दिन पहिले

मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल

जनकपुरधाम, असोज २५ गते । चन्द्रमासले आज असोज शुक्लपक्षको प्रतिपदा तिथि । नेपालीको राष्ट्रिय चाड दसैँ आज सुरु हुँà¤..

1 दिन पहिले

कांग्रेस सभापतिमा गगन थापा निर्वाचित

काठमाडौं, असाेज२४ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट पार्टीको नयाँ सभापतिमा गगनकुमार ..

2 दिन पहिले