Janakpurdham
Fri, Jul 10, 2026
`

सरकारले विस्थापित सुकुम्बासीहरुलाई पुनर्स्थापनाका लागि प्रतिपरिवार २५ हजार प्रदान गर्ने

2 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौँ , जेठ ५ गते । सरकारले सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरूलाई पुनर्स्थापनाका लागि प्रतिपरिवार २५ हजार रुपैयाँ प्रदान गर्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरी प्रतिपरिवार पुनर्स्थापना खर्चबापत २५ हजार रुपैयाँ एकमुस्ट रुपमा प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो ।

प्रवक्ता पोखरेलले जोखिमयुक्त जोखिमयुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफैँ गर्न प्रोत्साहित गर्न पाँच सदस्य भएको प्रति परिवार राहत रकम १५ हजार प्रति महिनाको प्रदान गरिने जानकारी दिनुभयो ।

यस्तै विस्थापित भएका सुकुम्वासी परिवारका वृद्ध, अशक्त, असहाय तथा आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरहरूमा राख्ने पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

यस्तै बालबालिका तथा विद्यार्थीको पठनपाठन तथा विद्यालयको सुनिश्चितता र स्वास्थ्य सेवा सुविधाहरूको सुनिश्चितता स्थानीय तहसँगको समन्वय तथा सहकार्यमा गर्ने सरकारका प्रवक्ता एवं शिक्षामन्त्री पोखरेलले बताउनुभयो ।

यस्तै मन्त्रिपरिषद् बैठकले नगरपालिका राजस्व अभिवृद्धि परियोजनाको लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने ६.११६ मिलियन स्विस फ्रयांक अनुदान स्वीकार गर्ने, अरनिको राजमार्गको मर्मत सुधार गर्न चीन सरकारले प्रदान गर्ने ७९.३६ मिलियन आरएमबी अनुदान स्वीकार गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद् बैठकले प्रत्यायान नियमावली, २०८३ स्वीकृत गर्ने, सैनिक सेवा (छैटौँ संशोधन नियमावली) २०८३ स्वीकृत गर्ने, नेपाल सरकार कार्य विभाजन नियमावली, २०८३ अनुसार हुने गरी राजपत्राङ्कित विशिष्ट श्रेणीका सचिवको दरबन्दी मिलान गर्ने र पदस्थापन गर्ने लगायतका निर्णय गरेको छ ।

 

साभार : रेडियो नेपाल

`
12 comments
अस्ट्रेलिया र भारतबिच युरेनियम निर्यात सम्झौता

एजेन्सी, असार २५ गते ।अस्ट्रेलिया र भारतबिच अस्ट्रेलियाली युरेनियम भारतलाई निर्यात गर्ने महत्त्वपूर्ण सम्झौता..

22 घन्टा पहिले

इरानी आक्रमणपछि खसेको भग्नावशेषबाट कुवेतमा एक जना घाइत..

एजेन्सी, असार २५ गते ।  इरानले कुवेततर्फ प्रहार गरेका क्षेप्यास्त्र र ड्रोनलाई अवरोध गर्ने क्रममा खसेको भग्न..

22 घन्टा पहिले

ट्रेलर सार्वजनिकपछि चर्चामा ‘गौँथली’, शिक्षाबाट वञ्चित..

काठमाडौं, असार २५ : आगामी साउन १ गतेदेखि नेपाली फिल्म ‘गौँथली’ प्रदर्शन हुँदैछ । झन्डै २५ वर्ष अगाडि प्रदर्शन..

22 घन्टा पहिले

मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न सांसद केसीक..

काठमाडौं, असार २५ : नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन तत्काल ..

22 घन्टा पहिले

प्रधानमन्त्री शाहले गरे निजी क्षेत्रका प्रतिनिधिसँग छल..

काठमाडौं, असार २४ : प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषय..

2 दिन पहिले