मधेश प्रदेश प्रमुख समक्ष महालेखा परीक्षकको आठौँ वार्षिक प्रतिवेदन पेश
5 महीना पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, जेठ ६ गते । मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णलाई महालेखा परीक्षकको आठौँ वार्षिक प्रतिवेदन आज बुझाइएको छ ।
महालेखा परीक्षकको कार्यालयका नायव महालेखा परीक्षक तारा प्रसाद पाण्डेले प्रदेश प्रमुख डा. कर्णलाई प्रदेश प्रमुखको सचिवालयमा प्रतिवेदन बुझाउनुभएको हो ।
नेपालको संविधानको धारा २९४ को उपधारा ३ बमोजिम आर्थिक वर्ष २०८१–०८२ मा सम्पादन गरेका कामकारबाहीहरू समेटेर तयार पारिएको वार्षिक प्रतिवेदन पेश गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता सञ्जीव कुमार दुवेले जानकारी दिनुभयो ।

प्रतिवेदन ग्रहणपछि मधेश प्रदेशका प्रदेश प्रमुख डा. कर्णले वर्षेनी रुपमा बढी रहेको बेरुजु देखाएर नहुने बताउँदै बेरुजू हुन नदिनका लागि तथ्यगत सुझाव सहित उपायहरूको विषयमा महालेखा परीक्षकले ठोस राय सुझावहरू दिनुपर्ने धारणा राख्नुभयो ।
प्रदेश प्रमुख समक्ष आठौँ वार्षिक प्रतिवेदन पेश गरिसकेपछि पत्रकारहरूसँग कुरा गर्दै महालेखा परीक्षक कार्यालयका नायव महालेखा परीक्षक तारा प्रसाद पाण्डेले विगत भन्दा बेरुजु रकम बढेकोमा चिन्ता व्यक्त गर्दै बेरुजु घटाउनका लागि रित पुर्याएर काम गर्न आग्रह गर्नुभयो ।
उहाँले लेखा स्रेस्ताहरू जलेका कारण मधेश प्रदेशका ३ मन्त्रालय, २ निकाय, ४ कार्यालय तथा १६ स्थानीय तहको लेखा परीक्षण हुन नसकेकोमा दुःख व्यक्त गर्नुभयो ।
साभार ः रेडियो नेपाल
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीमा काे ..
काठमाडौं, असाेज२६ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । ..
5 घन्टा पहिले
नेपाल प्रहरीले दबाब वा प्रभावमा नपरी नागरिकको सेवामा काà..
काठमाडौं, असाेज २६ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति&..
5 घन्टा पहिले
नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..
जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..
1 दिन पहिले
मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल
जनकपुरधाम, असोज २५ गते । चन्द्रमासले आज असोज शुक्लपक्षको प्रतिपदा तिथि । नेपालीको राष्ट्रिय चाड दसैँ आज सुरु हुँà¤..
1 दिन पहिले
कांग्रेस सभापतिमा गगन थापा निर्वाचित
काठमाडौं, असाेज२४ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट पार्टीको नयाँ सभापतिमा गगनकुमार ..
2 दिन पहिले