Janakpurdham
Fri, Jul 10, 2026
`

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

2 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, जेठ १० : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा स्वास्थ्य विभाग प्रमुख तोसिमा कार्कीले सुर्तीजन्य पदार्थमा लाग्ने करको दरलाई वृद्धि गरी कम्तीमा ५० प्रतिशत पु¥याउनुपर्ने माग गरेकी छन्।

आइतबार आयोजित सार्वजनिक स्वास्थ्य करसम्बन्धी एक कार्यक्रममा बोल्दै सांसद कार्कीले जनस्वास्थ्यमा सुधार र स्वास्थ्य बीमालाई दिगो बनाउन यस्तो नीति अनिवार्य भएको स्पष्ट पारिन्।

‘सन् २०३५ सम्म सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सिफारिस गरेको छ । करको मुख्य उद्देश्य राजस्व संकलन मात्र नभई सुर्तीजन्य पदार्थको उपभोग घटाउनु हो,’ उनले भनिन्।

उनले हाल भइरहेको ३ देखि ५ प्रतिशतसम्मको सामान्य कर वृद्धिले उपभोक्ताको व्यवहार परिवर्तन गर्न नसक्ने जिकिर गरिन्।पर्याप्त कर वृद्धिले मात्र उपभोग घटाउन र त्यसबाट सिर्जित रोगको भार कम गर्न सकिने उनको भनाइ छ।

सांसद कार्कीले दक्षिण एसियाली मुलुकहरूमध्ये नेपालमा सुर्तीजन्य पदार्थमा सबैभन्दा कम (करिब ४१ प्रतिशत) मात्र कर लगाइएको तथ्यांक प्रस्तुत गरिन्।

‘सुर्तीजन्य पदार्थले क्यान्सर मात्र होइन, रक्तनली सम्बन्धी गम्भीर रोग निम्त्याउँछ। जसले गर्दा नागरिकको उत्पादकत्व घट्नुका साथै अपाङ्गता बढ्ने र राज्यमाथि थप आर्थिक भार पर्ने गरेको छ,’ उनले भनिन्।

विशेषगरी युवा र न्यून आय भएका वर्गलाई कर वृद्धिले उपभोग घटाउन मद्दत गर्ने भएकाले यस्तो कदम विपन्न वर्गको हितमा समेत रहेको उनले स्पष्ट पारिन्।

सांसद कार्कीले सुर्तीजन्य पदार्थ, मदिरा र हानिकारक पेय पदार्थमा लगाइने करबाट प्राप्त राजस्वलाई स्वास्थ्य बीमामा लगानी गर्नुपर्ने प्रस्ताव अघि सारिन्। 

 

साभार : काठमाण्डौ प्रेस

`
12 comments
अस्ट्रेलिया र भारतबिच युरेनियम निर्यात सम्झौता

एजेन्सी, असार २५ गते ।अस्ट्रेलिया र भारतबिच अस्ट्रेलियाली युरेनियम भारतलाई निर्यात गर्ने महत्त्वपूर्ण सम्झौता..

20 घन्टा पहिले

इरानी आक्रमणपछि खसेको भग्नावशेषबाट कुवेतमा एक जना घाइत..

एजेन्सी, असार २५ गते ।  इरानले कुवेततर्फ प्रहार गरेका क्षेप्यास्त्र र ड्रोनलाई अवरोध गर्ने क्रममा खसेको भग्न..

21 घन्टा पहिले

ट्रेलर सार्वजनिकपछि चर्चामा ‘गौँथली’, शिक्षाबाट वञ्चित..

काठमाडौं, असार २५ : आगामी साउन १ गतेदेखि नेपाली फिल्म ‘गौँथली’ प्रदर्शन हुँदैछ । झन्डै २५ वर्ष अगाडि प्रदर्शन..

21 घन्टा पहिले

मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न सांसद केसीक..

काठमाडौं, असार २५ : नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन तत्काल ..

21 घन्टा पहिले

प्रधानमन्त्री शाहले गरे निजी क्षेत्रका प्रतिनिधिसँग छल..

काठमाडौं, असार २४ : प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषय..

2 दिन पहिले