Janakpurdham
Fri, Aug 21, 2026
`

मानव अधिकार संरक्षणसँगै व्यवसाय प्रवद्र्धन आवश्यक : आयोग अध्यक्ष मगर

2 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, असार १० : राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताएका छन्। 

बुधबार व्यवसाय र मानव अधिकार सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै उनले व्यवसायीले आफ्नो व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने भएपनि नागरिकको मानव अधिकार कुनै पनि हालतमा हनन् हुन नहुने बताए।

‘मानव अधिकारको संरक्षण र सम्बद्र्धन गर्ने काम सरकारको हो। व्यवसाय सञ्चालन गर्दाखेरि मानव अधिकार हनन हुन दिनु हुँदैन। यदि अधिकार हनन भएको छ भने त्यसको प्रभावकारी उपचार र न्यायको व्यवस्था हुनुपर्छ,’ उनले भने।

अध्यक्ष मगरले विकास, व्यवसाय र मानव अधिकारबीच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिँदै आदिवासी जनजाति समुदायका अधिकारको पनि सम्मान हुनुपर्ने बताए।

 

‘आदिवासी जनजातिहरूको अधिकार पनि हनन हुनु भएन, विकास पनि हुनुप¥यो। व्यवसायीले काम पनि गर्न पाउनुप¥यो, तर संविधानले दिएको अधिकारको सम्मान गर्दै अघि बढ्नुपर्छ,’ उनले भने। 

उनले आयोगमा विभिन्न विकास आयोजना तथा पूर्वाधार निर्माणका कारण प्रभावित समुदायबाट उजुरीहरू आउने गरेको जानकारी दिए। कतिपय स्थानमा स्थानीय बासिन्दाको भोगाधिकार, परम्परागत अधिकार तथा संस्कारसँग सम्बन्धित विषय प्रभावित भएको गुनासो आयोगमा परेको उनको भनाइ थियो।

मगरले विद्युत् पूर्वाधारको लापरवाहीका कारण नागरिकको ज्यान गएको घटनाप्रति पनि चिन्ता व्यक्त गरे । कालीकोट र महोत्तरीका घटनाको उदाहरण दिँदै उनले सम्बन्धित निकायको जवाफदेहिता आवश्यक रहेको बताए।

‘व्यवसाय हुनुपर्‍यो, तर जनताको ज्यान जानु भएन। त्यहाँ के त्रुटि भयो, किन रोक्न सकिएन भन्ने विषयमा गम्भीर छलफल हुनुपर्छ,’ उनले भने।

उनले व्यवसाय र मानव अधिकारबीच सन्तुलन कायम गर्ने उपायबारे संवादबाट ठोस सुझाव आउने विश्वास व्यक्त गर्दै कार्यक्रमले मानव अधिकारमैत्री विकास र उत्तरदायी व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरे।

 

साभार : काठमाडौं प्रेस

`
12 comments
अख्तियारको मर्यादा दिनप्रतिदिन कमजोर हुँदैछ :अमरेशकुमा..

काठमाडौं, भदाै ४ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान ..

18 घन्टा पहिले

दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : ग..

काठमाडौं, भदाै ४:  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवालगायत तत्कालीन सत्त..

18 घन्टा पहिले

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौँ , भाद्र ३ गते । सरकारले बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र पारेको छ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्..

2 दिन पहिले

प्रेस काउन्सिलका चार सदस्यको शपथ

काठमाडौँ , भाद्र ३ गते । प्रेस काउन्सिल नेपालका नवनियुक्त चार सदस्यले आज कार्यभार सुरु गर्नुभएको छ । सञ्चारग्र..

2 दिन पहिले

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने-सत्य मरेको छैन, कलम ह..

काठमाडौं, भदौं २ : सर्वोच्च अदालतको आदेश पछि पत्रकार किशोर श्रेष्ठ रिहा भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्..

3 दिन पहिले