Janakpurdham
Mon, Oct 12, 2026
`

बीमा सम्बन्धी अनुसन्धान तथा तथ्याङ्क सम्बन्धी अन्तरक्रिया सम्पन्न

4 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौँ ,असार १२ गते। नेपाल बीमा प्राधिकरणको आयोजनामा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा आज बीमा सम्बन्धी अनुसन्धान तथा तथ्याङ्क सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बीमकहरूबाट प्राप्त हुने दैनिक, मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक तथ्याङ्कहरूमा एकरूपता तथा गुणस्तर सुनिश्चित गर्ने, आइआरएमआइएसमा डाटा रिपोर्टिङमा गरिएका परिवर्तनका बारेमा जानकारी दिने र डाटा रिपोर्टिङमा देखिएका समस्याहरूका सम्बन्धमा छलफल गरी समाधानका उपायहरू पहिल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा सम्बन्धी अध्ययन एवम् अनुसन्धानमा तथ्याङ्कको महत्वपूर्ण भूमिका रहने भएकाले तथ्याङ्कमा शुद्धता, एकरूपता र विश्वसनीयता कायम गर्नु आवश्यक भएको बताउनुभयो ।

नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पुष्पा कुँवरले बीमा सम्बन्धी तथ्याङ्क प्रणालीमा देखिएका समस्याहरूको समाधानका लागि सहकार्य गर्न र सहजीकरण गर्न प्राधिकरण तयार रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक सुन्दर प्रसाद शर्माले प्राधिकरणबाट गरिएका बीमा सम्बन्धी अध्ययन तथा अनुसन्धानका क्रममा देखिएका समस्या, चुनौती र अवसरहरू सम्बन्धी प्रस्तुत गर्नुभएको थियो ।

सहायक निर्देशक शर्माले बीमा सम्बन्धी अनुसन्धानका लागि आवश्यक तथ्याङ्क समयमै उपलब्ध हुनुपर्ने, तथ्याङ्कहरूमा एकरूपता कायम हुनुपर्ने, बीमकहरूले अनुसन्धानसँग सम्बन्धित सम्पर्क व्यक्ति तोक्नुपर्ने, अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने र अनुसन्धानका लागि स्रोत तथा साधन सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

यसैगरी, नेपाल बीमा प्राधिकरणका तथ्याङ्क शास्त्री बसन्त प्रसाद बोहराले प्राधिकरणले बीमकहरूबाट सङ्कलन गर्ने तथ्याङ्कका आधार तथा माध्यम, तथ्याङ्क सङ्कलन प्रणालीमा गरिएका परिवर्तन र बीमकले पेश गर्ने तथ्याङ्कमा प्राधिकरणको अपेक्षा लगायतका विषयमा प्रस्तुती गर्नुभएको थियो ।

कार्यक्रममा बीमा कम्पनी, लघुबीमा कम्पनी र पुनर्बीमा कम्पनीका तथ्याङ्क, अनुसन्धान र सूचना प्रविधि शाखाका प्रमुखहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणका सहायक प्रथम कमला घर्तीले गर्नुभएको थियो ।


साभार ः रेडियो नेपाल

`
12 comments
नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

23 घन्टा पहिले

मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल

जनकपुरधाम, असोज २५ गते । चन्द्रमासले आज असोज शुक्लपक्षको प्रतिपदा तिथि । नेपालीको राष्ट्रिय चाड दसैँ आज सुरु हुँà¤..

23 घन्टा पहिले

कांग्रेस सभापतिमा गगन थापा निर्वाचित

काठमाडौं, असाेज२४ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट पार्टीको नयाँ सभापतिमा गगनकुमार ..

2 दिन पहिले

शिक्षा प्रणालीले विद्यार्थीलाई भविष्यका चुनौती र अवसरक..

काठमाडौँ, असाेज २४ : राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो शिक्षा प्रणालीले विद्यार्थीलाई केवल वर्तमानका लागि माà¤..

2 दिन पहिले

मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौँ, नपारà..

काठमाडौं, असोज २३ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो नाम जोडेर विभिन्न उम्मेदवारहरूको सूची प्रचारà..

3 दिन पहिले