वीरगञ्जमा असार २१ गते ‘रोजगार मेला–२०८३’ को आयोजना गरिँदै
4 महीना पहिले प्रकाशित
Esandhyakalin
वीरगञ्ज ,असार १२ गते। नेपाल उद्योग वाणिज्य महासङ्घ नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेश र वीरगञ्ज उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा आगामी असार २१ गते वीरगञ्जमा ‘रोजगार मेला–२०८३’ आयोजना गरिने भएको छ ।
वीरगन्ज उद्योग वाणिज्य सङ्घमा आज आयोजित पत्रकार सम्मेलनमा यो मेला परम्परागत रोजगार मेलाभन्दा फरक हुने र मधेश प्रदेशको Skill Need Assessment तथा श्रम बजार विश्लेषणका आधारमा रोजगारदाता र रोजगार खोज्ने युवाबिचको सीपको खाडल पुर्ने उद्देश्यले आयोजना गर्न लागिएको वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले जानकारी दिनुभयो ।
अध्यक्ष गौतमले देशको प्रमुख समस्या बेरोजगारी रहेको उल्लेख गर्दै युवालाई रोजगारका अवसरसँग जोड्न मेला प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रम संयोजक तथा संघका सहसचिव अनुप अग्रवालले मेलामार्फत रोजगारदाता, रोजगार खोज्ने व्यक्ति, तालिम प्रदायक संस्था र रोजगार सेवा केन्द्रलाई एउटै थलोमा ल्याई रोजगारीको अवसर विस्तार गरिने बताउनुभयो ।
मेलामा रिक्त पदको जानकारी, आवेदन, उम्मेदवार छनोट, करियर परामर्श, रोजगार मिलान सेवा तथा आवश्यकताअनुसार तालिमका लागि सिफारिस समेत गरिने जनाइएको छ ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठन नेपालको रोजगार सेवा केन्द्रको सहयोग तथा वीरगञ्ज महानगरपालिकाको सहकार्यमा मेलाको आयोजना हुने जनाइएको छ ।
साभार ः रेडियो नेपाल

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..
जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..
23 घन्टा पहिले
मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल
जनकपुरधाम, असोज २५ गते । चन्द्रमासले आज असोज शुक्लपक्षको प्रतिपदा तिथि । नेपालीको राष्ट्रिय चाड दसैँ आज सुरु हुँà¤..
23 घन्टा पहिले
कांग्रेस सभापतिमा गगन थापा निर्वाचित
काठमाडौं, असाेज२४ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट पार्टीको नयाँ सभापतिमा गगनकुमार ..
2 दिन पहिले
शिक्षा प्रणालीले विद्यार्थीलाई भविष्यका चुनौती र अवसरक..
काठमाडौँ, असाेज २४ : राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो शिक्षा प्रणालीले विद्यार्थीलाई केवल वर्तमानका लागि माà¤..
2 दिन पहिले
मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौँ, नपारà..
काठमाडौं, असोज २३ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो नाम जोडेर विभिन्न उम्मेदवारहरूको सूची प्रचारà..
3 दिन पहिले