Janakpurdham
Mon, Oct 12, 2026
`

असई थमन विक हत्या प्रकरणमा पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ

3 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, असार १९ : नेकपा (एमाले)का नेता तथा प्रतिनिधिसभाका पूर्वसदस्य लक्ष्मी महतो कोइरीलाई सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा प्रहरीले पक्राउ गरेको छ।

उच्च अदालत जनकपुरधामले बुधबार उक्त प्रकरणमा कोइरीलाई पाँच वर्ष कैद सजाय हुने फैसला गरेपछि प्रहरीले बिहीबार साँझ महोत्तरीको गौशाला–५ स्थित एमाले पार्टी कार्यालयबाट उनलाई पक्राउ गरेको हो।

 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक पञ्चलाल गोलेले अदालतको फैसलाअनुसार कोइरीलाई नियन्त्रणमा लिइएको जानकारी दिए । एमालेको मधेश प्रदेश कमिटी सदस्यसमेत रहेका उनलाई पक्राउपछि जिल्ला सदरमुकाम जलेश्वर लगिएको छ।

यसअघि महोत्तरी जिल्ला अदालतले २०८० साल मंसिर २८ गते यही मुद्दामा गरेको फैसलामा कोइरीलाई सफाइ दिएको थियो। तर उच्च अदालतले उक्त फैसला उल्टाउँदै दोषी ठहर गरेको हो।

फौज्दारी मुद्दा चलिरहेकै समयमा २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कोइरी महोत्तरी निर्वाचन क्षेत्र नं. १ बाट एमालेका तर्फबाट निर्वाचित भएका थिए। पछिल्लो निर्वाचनमा भने उनी पराजित भएका थिए।

सशस्त्र प्रहरीका असई थमन विकको २०७२ साल भदौमा मधेश आन्दोलनका क्रममा हत्या भएको थियो। जलेश्वरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि एम्बुलेन्समार्फत जनकपुर लैजाँदै गर्दा बाटोमा रहेका केही व्यक्तिले उनलाई एम्बुलेन्सबाट बाहिर निकालेर कुटपिट गरेका थिए। सोही घटनामा उनको मृत्यु भएको थियो।

उच्च अदालतको फैसलासँगै लामो समयदेखि चर्चामा रहेको थमन विक हत्या प्रकरणले पुनः राजनीतिक र कानुनी बहसलाई तातिएको छ।

`
12 comments
नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

21 घन्टा पहिले

मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल

जनकपुरधाम, असोज २५ गते । चन्द्रमासले आज असोज शुक्लपक्षको प्रतिपदा तिथि । नेपालीको राष्ट्रिय चाड दसैँ आज सुरु हुँà¤..

21 घन्टा पहिले

कांग्रेस सभापतिमा गगन थापा निर्वाचित

काठमाडौं, असाेज२४ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट पार्टीको नयाँ सभापतिमा गगनकुमार ..

2 दिन पहिले

शिक्षा प्रणालीले विद्यार्थीलाई भविष्यका चुनौती र अवसरक..

काठमाडौँ, असाेज २४ : राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो शिक्षा प्रणालीले विद्यार्थीलाई केवल वर्तमानका लागि माà¤..

2 दिन पहिले

मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौँ, नपारà..

काठमाडौं, असोज २३ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो नाम जोडेर विभिन्न उम्मेदवारहरूको सूची प्रचारà..

3 दिन पहिले