Janakpurdham
Mon, Oct 12, 2026
`

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

3 महीना पहिले प्रकाशित

Esandhyakalin

`

ललितपुर ,असार २१ गते । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र परिस्थितिमा आएको परिवर्तनसँगै सञ्चारसम्बन्धी विद्यमान कानुनहरूको पुनरावलोकन गर्न जोड दिएका छन् ।

नेपाल पत्रकार महासङ्घले बागमती प्रदेश रजिष्ट्रार कार्यालयको सहकार्यमा आज आयोजना गरेको छलफलमा महासङ्घका अध्यक्ष निर्मला शर्माले विद्यमान कानुनमा गरिनुपर्ने संशोधनलगायत आफूहरूले उठाएका सवालमा नेपाल सरकारले सम्बोधन गर्नुपर्ने बताउनुभयो । उहाँले संविधानमा व्यवस्था गरिएको पूर्ण प्रेस स्वतन्त्रतामा कतैबाट हनन् हुन नहुने र पत्रकारहरू जिम्मेवार पनि हुनुपर्ने बताउनुभयो ।

महासङ्घका पूर्वअध्यक्ष डा सुरेश आचार्यले आमसञ्चार नीति, २०७३ लाई समेत डिजिटल रूपान्तरणका आधारमा परिवर्तन गर्दै कानुनी संशोधनमा जानुपर्ने बताउनुभयो । उहाँले आफूहरूले मन्त्रालयको आग्रहमा आमसञ्चार विधेयकको मस्यौदा तर्जुमा गरेर २०७५ सालमै बुझाएको भए पनि हालसम्म संसद्मा पेस नभएको गुनासो गर्नुभयो । उहाँले संसद्मा पुगिसकेको ‘नेपाल मिडिया काउन्सिल विधेयक’का कतिपय प्रस्तावहरूले काउन्सिललाई स्वायत्त नबनाउने भएकाले त्यसमा आवश्यक परिमार्जन गर्नुपर्ने बताउनुभयो ।

सञ्चार अध्येता विनोद ढुङ्गेलले सूचना, प्रविधि र परिस्थितिमा आएको परिवर्तनसँगै सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न ढिला भइसकेको बताउनुभयो । उहाँले दर्ता भएकामध्ये १६ प्रतिशत पत्रपत्रिका मात्रै नियमित प्रकाशन भइरहेको अवस्थामा कानुनी व्यवस्था त्यहीअनुसारको हुनुपर्ने बताउनुभयो ।

बागमती प्रदेशका प्रेस रजिष्ट्रार रेवती सापकोटाले संविधानमा भएको प्रदेशको सञ्चारसम्बन्धी अधिकारलाई व्यवहारतः कार्यान्वयन गर्न चुनौती देखिएका सम्बन्धमा सङ्घीय सरकारले मनन गर्नुपर्ने बताउनुभयो ।

महासङ्घको राष्ट्रिय सम्मेलनको सूचना तथा सञ्चार मन्त्री डा विक्रम तिमिल्सिनाले उद्घाटन गर्नुभएको थियो ।


साभार ः रेडियो नेपाल

`
12 comments
नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

21 घन्टा पहिले

मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल

जनकपुरधाम, असोज २५ गते । चन्द्रमासले आज असोज शुक्लपक्षको प्रतिपदा तिथि । नेपालीको राष्ट्रिय चाड दसैँ आज सुरु हुँà¤..

21 घन्टा पहिले

कांग्रेस सभापतिमा गगन थापा निर्वाचित

काठमाडौं, असाेज२४ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट पार्टीको नयाँ सभापतिमा गगनकुमार ..

2 दिन पहिले

शिक्षा प्रणालीले विद्यार्थीलाई भविष्यका चुनौती र अवसरक..

काठमाडौँ, असाेज २४ : राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो शिक्षा प्रणालीले विद्यार्थीलाई केवल वर्तमानका लागि माà¤..

2 दिन पहिले

मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौँ, नपारà..

काठमाडौं, असोज २३ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो नाम जोडेर विभिन्न उम्मेदवारहरूको सूची प्रचारà..

3 दिन पहिले