Janakpurdham
Mon, Oct 12, 2026
`

अब रगत होइन, पसिना बगाउने समय आएको छ : अध्यक्ष राई

3 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, असार २२ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले संविधानका आधारभूत व्यवस्थामाथि हस्तक्षेप नगर्न आग्रह गर्दै अब मुलुकमा रगत होइन, पसिनाको क्रान्ति आवश्यक रहेको बताएका छन्। 

सोमबार प्रतिनिधिसभाको बैठकमा सरकारको १०० दिनको समीक्षा गर्दै साम्पाङले व्यवस्था परिवर्तनका लागि हजारौँ नेपालीले बलिदान दिएको स्मरण गराउँदै प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा जोड दिए।

‘देशमा रगत होइन, पसिना बगाउनुपर्छ । व्यवस्था परिवर्तनले मात्रै जीवनस्तर बदलिँदैन, काम गर्ने संस्कृतिको विकास गर्नुपर्छ,’ उनले भने।

साम्पाङले रोजगारीको अभावका कारण ठूलो संख्यामा नेपाली युवा विदेशिन बाध्य भइरहेको उल्लेख गर्दै देशमै भविष्य देख्ने वातावरण बनाउन सरकारलाई आग्रह गरे।

उनले दार्चुलाको टिङ्कर सडक निर्माणमा सरकारले प्राथमिकता दिनुपर्ने बताए । सीमावर्ती क्षेत्रमा गुणस्तरीय सडक निर्माण गर्नु विकास मात्र नभई राष्ट्रिय सुरक्षासँग पनि जोडिएको विषय भएको उनको भनाइ थियो । 

सरकारको १०० दिनलाई लिएर अत्यधिक आलोचना नगर्ने उल्लेख गर्दै उनले सयौँ वर्षदेखि थुप्रिएको समस्या १०० दिनमै समाधान गर्न नसकिने बताए। यद्यपि, प्रतिपक्षका सुझावलाई सरकारले सकारात्मक रूपमा ग्रहण गर्नुपर्नेमा उनले जोड दिए।

साम्पाङले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई पुनःस्थापनाको व्यवस्था नगरी विस्थापित नगर्न आग्रह गरे। सहकारी पीडितलाई रकम फिर्ता गर्ने क्रममा सहकारी ठगी गर्ने व्यक्तिहरूको सम्पत्तिबाट कति रकम असुल गरिएको हो भन्ने विवरण सार्वजनिक गर्न पनि उनले माग गरे।

यस्तै सुस्ता क्षेत्रका बासिन्दाको आन्दोलन, भूमि प्रमाणपत्र वितरण, सीमावर्ती विकासलगायत विषयमा सरकार गम्भीर हुनुपर्ने उनको भनाइ थियो।

उनले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य विश्वविद्यालयका रूपमा विकास गर्न माग गर्दै प्रतिष्ठानको आर्थिक अवस्था कमजोर बन्दै गएको उल्लेख गरे। 

साम्पाङले विपद् व्यवस्थापनमा पूर्वतयारी कमजोर रहेको उल्लेख गर्दै दुर्घटनापछि मात्र प्रतिक्रिया जनाउने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए।

चालकलाई जरिवाना मात्र होइन, पर्याप्त तालिम दिनुपर्ने र विपद्का बेला नागरिकले अपनाउनुपर्ने उपायबारे व्यापक जनचेतना आवश्यक रहेको उनले बताए।

उनले सरकारको १०० दिनको प्रयासको प्रशंसा गर्दै जनताका सुझाव समेटेर अघि बढ्न आग्रह गरे।

साभार ः काठमाडौं प्रेस

`
12 comments
नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..

जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..

21 घन्टा पहिले

मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल

जनकपुरधाम, असोज २५ गते । चन्द्रमासले आज असोज शुक्लपक्षको प्रतिपदा तिथि । नेपालीको राष्ट्रिय चाड दसैँ आज सुरु हुँà¤..

21 घन्टा पहिले

कांग्रेस सभापतिमा गगन थापा निर्वाचित

काठमाडौं, असाेज२४ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट पार्टीको नयाँ सभापतिमा गगनकुमार ..

2 दिन पहिले

शिक्षा प्रणालीले विद्यार्थीलाई भविष्यका चुनौती र अवसरक..

काठमाडौँ, असाेज २४ : राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो शिक्षा प्रणालीले विद्यार्थीलाई केवल वर्तमानका लागि माà¤..

2 दिन पहिले

मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौँ, नपारà..

काठमाडौं, असोज २३ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो नाम जोडेर विभिन्न उम्मेदवारहरूको सूची प्रचारà..

3 दिन पहिले