होटल व्यवसायीहरूले गर्दै आएको चिन्ता अब अन्त्य हुन्छ : प्रधानमन्त्री
3 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, असार ३१ : प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको पर्यटन प्रवद्र्धनमा द्रुत गतिमा काम सुरु भइसकेकाले होटल व्यवसायीहरूले गर्दै आएको चिन्ता अब अन्त्य हुने बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज होटल संघ नेपाल (हान) का पदाधिकारीहरूसँग भएको विशेष छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई राज्यको बलियो साझेदारका रूपमा अघि बढ्न ढाडस दिए।
प्रधानमन्त्री शाहले व्यवसायीहरूलाई कानुनको पालना गर्दै आफ्नो व्यावसायिक जिम्मेवारी पूरा गर्न, साना तथा मझौला होटलहरूलाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन र सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा गर्न सकिने सहकार्यबारे अध्ययन गर्न हानका पदाधिकारीहरूलाई आग्रह गरे।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेलको समेत उपस्थिति रहेको उक्त छलफलमा हानका पदाधिकारीहरूले नेपालको होटल उद्योग वार्षिक ४० लाख पर्यटकलाई सेवा दिन पूर्ण सक्षम रहेको जानकारी गराए।
हाल वार्षिक १२ लाख मात्र पर्यटक भित्रिरहेको उल्लेख गर्दै व्यवसायीहरूले पर्यटक आगमन बढेसँगै आन्तरिक रोजगारीमा अभूतपूर्व वृद्धि गर्ने र नेपाली युवाहरूलाई वैदेशिक रोजगारमा जानबाट रोक्न होटल उद्योग एक बलियो माध्यम बन्ने बताए।
छलफलमा हानका कार्यवाहक अध्यक्ष दिनेश तुलाधर, महासचिव साजन शाक्य, कोषाध्यक्ष युवराज श्रेष्ठ, कार्यसमिति सदस्यद्वय जयदिन श्रेष्ठ र आश्लेषा कार्की तथा हान सचिवालयका प्रमुख टेकबहादुर महतको सहभागिता रहेको थियो।
साभार ः काठमाडौं प्रेस
नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..
जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..
20 घन्टा पहिले
मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल
जनकपुरधाम, असोज २५ गते । चन्द्रमासले आज असोज शुक्लपक्षको प्रतिपदा तिथि । नेपालीको राष्ट्रिय चाड दसैँ आज सुरु हुँà¤..
20 घन्टा पहिले
कांग्रेस सभापतिमा गगन थापा निर्वाचित
काठमाडौं, असाेज२४ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट पार्टीको नयाँ सभापतिमा गगनकुमार ..
2 दिन पहिले
शिक्षा प्रणालीले विद्यार्थीलाई भविष्यका चुनौती र अवसरक..
काठमाडौँ, असाेज २४ : राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो शिक्षा प्रणालीले विद्यार्थीलाई केवल वर्तमानका लागि माà¤..
2 दिन पहिले
मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौँ, नपारà..
काठमाडौं, असोज २३ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो नाम जोडेर विभिन्न उम्मेदवारहरूको सूची प्रचारà..
3 दिन पहिले