साँझ ५ बजेसम्म पशुपतिमा २ लाख ३० हजार भक्तजनले दर्शन गर्ने अनुमान
3 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, साउन ४ : साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनको संख्या साँझ ५ बजेसम्म करिब २ लाख ३० हजार पुग्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
कोषका अनुसार बिहान ३ बजेदेखि नै दर्शनार्थीको लाइन लागेको थियो । भक्तजनहरू विभिन्न चारवटा दर्शन मार्गबाट मन्दिर प्रवेश गरी दर्शन गरिरहेका छन् । कोषका प्रतिनिधि शुशील कुमार गौतमले अहिलेसम्मको तथ्यांक संकलन भइरहेकाले ठ्याक्कै संख्या सार्वजनिक गर्न केही समय लाग्ने बताए ।
‘अहिलेसम्मको तथ्यांक संकलन भइरहेको छ । बिहानदेखि राखिएको रजिस्टरको विवरणअनुसार साउनको पहिलो सोमबार साँझ ५ बजेसम्म करिब २ लाख ३० हजार दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने अनुमान छ । भक्तजनहरू चारवटा दर्शन मार्गबाट दर्शन गरिरहनुभएको छ । बाहिरी क्षेत्र परिक्रमा तथा घुम्न आउने भक्तजनको संख्या पनि थप करिब १ लाख पुग्ने अनुमान गरिएको छ,’ उनले भने।
उनका अनुसार दर्शन गर्ने भक्तजनबाहेक पशुपति क्षेत्र परिसर घुम्न आउने आगन्तुकको संख्या पनि उल्लेख्य रहेको छ । साँझ ५ बजेसम्म बाहिरी क्षेत्र परिक्रमा तथा घुमफिर गर्ने मानिसको संख्या करिब १ लाख पुग्ने अनुमान गरिएको छ ।
कोषले बिहानदेखि राखिएको रजिस्टर तथा व्यवस्थापन टोलीबाट प्राप्त विवरणका आधारमा दर्शनार्थीको संख्या अनुमान गरिएको जनाएको छ । साउनको पहिलो सोमबार भएकाले पशुपतिनाथ क्षेत्रमा भक्तजनको ठूलो भीड लागेको छ ।
साभार ः काठमाडौं प्रेस
नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..
जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..
18 घन्टा पहिले
मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल
जनकपुरधाम, असोज २५ गते । चन्द्रमासले आज असोज शुक्लपक्षको प्रतिपदा तिथि । नेपालीको राष्ट्रिय चाड दसैँ आज सुरु हुँà¤..
18 घन्टा पहिले
कांग्रेस सभापतिमा गगन थापा निर्वाचित
काठमाडौं, असाेज२४ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट पार्टीको नयाँ सभापतिमा गगनकुमार ..
2 दिन पहिले
शिक्षा प्रणालीले विद्यार्थीलाई भविष्यका चुनौती र अवसरक..
काठमाडौँ, असाेज २४ : राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो शिक्षा प्रणालीले विद्यार्थीलाई केवल वर्तमानका लागि माà¤..
2 दिन पहिले
मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौँ, नपारà..
काठमाडौं, असोज २३ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो नाम जोडेर विभिन्न उम्मेदवारहरूको सूची प्रचारà..
3 दिन पहिले