ब्रतबन्ध र विवाह पनि हिन्दु परम्परा गरेँ, मन्दिरमा पुजा गर्छु, त्यसैले म हिन्दु हुँ, हिन्दु : देउवा
2 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, साउन ३१ : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू हिन्दू भएको बताएका छन्।
आइतबार इतरपक्षको भेला मिराकल पार्टी भेन्युमा देउवालाई धर्मबारे स्पष्टता दिन हलबाट प्रश्न गरिएपछि उनले आफू हिन्दु भएको प्रष्ट पारे।
सोही क्रममा उनले आफ्नो विवाह र ब्रतबन्ध पनि हिन्दु परम्पराअनुसार भएको बताउँदै आफूले मन्दिरमा पुजा गर्ने भएकाले हिन्दू भएको बताए।
अहिले कसैले पनि आफूलाई हिन्दु होइन भन्न नपाउने देउवाले बताए।
‘मेरो ब्रतबन्ध र विवाह पनि हिन्दु परम्परा अनुसार भएको हो । म मन्दिर जान्छु । पशुपतिनाथको पूजा गर्छुु, त्यसैले म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ,’ देउवाले भने।
देउवाले नेपाल धर्म निरपेक्ष मुलुक होस् भन्ने आफ्नो चाहना भए पनि जनताले जे भन्यो त्यही हुने बताउँदै आफू अरु धर्मविरोधी नभएको बताए।
‘म अरु धर्म विरोधी होइन, मैले आफूलाई हिन्दु हुँ भन्न पाउनुपर्यो नि,’ देउवाले भने।
साभार ः काठमाडौं प्रेस
नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँà..
जनकपुरधाम, असोज २५ गते । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी ..
15 घन्टा पहिले
मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल
जनकपुरधाम, असोज २५ गते । चन्द्रमासले आज असोज शुक्लपक्षको प्रतिपदा तिथि । नेपालीको राष्ट्रिय चाड दसैँ आज सुरु हुँà¤..
15 घन्टा पहिले
कांग्रेस सभापतिमा गगन थापा निर्वाचित
काठमाडौं, असाेज२४ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट पार्टीको नयाँ सभापतिमा गगनकुमार ..
2 दिन पहिले
शिक्षा प्रणालीले विद्यार्थीलाई भविष्यका चुनौती र अवसरक..
काठमाडौँ, असाेज २४ : राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो शिक्षा प्रणालीले विद्यार्थीलाई केवल वर्तमानका लागि माà¤..
2 दिन पहिले
मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौँ, नपारà..
काठमाडौं, असोज २३ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो नाम जोडेर विभिन्न उम्मेदवारहरूको सूची प्रचारà..
3 दिन पहिले