Janakpurdham
Sun, Aug 16, 2026
`

कांग्रेस संस्थापनइतर समूहको भेलाबाट पाँच प्रतिवेदन पारित

1 घन्टा पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडाैं, साउन ३१ : नेपाली कांग्रेस संस्थापनइतर समूहको भेलाबाट आइतबार (साउन २१) पाँच प्रतिवेदन पारित गरिएको छ। काठमाडौंको सुकेधारामा शुक्रबार (साउन २९)देखि भेला जारी छ ।

शुक्रबार पूर्वसभापति शेरबहादुर देउवाले भेलाको उद्घाटन गरेका थिए। भेलाअन्तर्गत शनिबार (साउन ३०) बन्दसत्र सुरु गर्दै विभिन्न प्रतिवेदन पेस गरिएको थियो।

भेलामा नेता विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए। पूर्वकोषाध्यक्ष उमाकान्त चौधरीले सांगठनिक प्रस्ताव पेस गरेका थिए  नेता एनपी साउदले समसामयिक नीति र विषयसम्बन्धी, डा. प्रकाशशरण महतले नेपालको आर्थिक नीतिसम्बन्धी र रमेश लेखकले कानुन तथा विधानसम्बन्धी प्रस्ताव पेस गरेका थिए। यी प्रस्ताव परिमार्जनसहित पारित गरिएको हो।

शनिबार प्रस्तुत प्रस्तावमाथि विभिन्न समूह विभाजन गरी छलफल गरिएको थियो । समूहका टोली नेताले ती प्रस्तावमा केके विषय परिमार्जन गर्नुपर्छ भन्ने धारणा राखेका थिए।

प्रतिनिधिबाट प्राप्त धारणाबारे प्रतिवेदन प्रस्तुतकर्ताले जवाफ दिएपछि परिमार्जनसहित पारित गरिएको नेताहरूले बताएका छन्।

साभार ः काठमाडौं प्रेस

`
12 comments
कांग्रेस संस्थापनइतर समूहको भेलाबाट पाँच प्रतिवेदन पार..

काठमाडाैं, साउन ३१ : नेपाली कांग्रेस संस्थापनइतर समूहको भेलाबाट आइतबार (साउन २१) पाँच प्रतिवेदन पारित गरिएको छ। ..

1 घन्टा पहिले

ब्रतबन्ध र विवाह पनि हिन्दु परम्परा गरेँ, मन्दिरमा पुजा ..

काठमाडौं, साउन ३१ : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू हिन्दू भएको बताएका छन्।  आइतबार इतरप..

1 घन्टा पहिले

सिरहाको लहानस्थित अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालन..

सिरहा, साउन ३० : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सिरहाको लहानस्थित अस्पतालमा तत्काल ट्रमा युनि..

23 घन्टा पहिले

कांग्रेसको वैधानिकतामा अलमलिनुपर्ने अवस्था छैन : विश्व..

काठमाडौं, साउन ३० : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति र केन्द्रीय समितिको वैधानिकता..

23 घन्टा पहिले

नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेला

काठमाडाैं, साउन २९ : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको राष्ट्रिय भेला आजदेखि सुरू भएकाे छ।&n..

2 दिन पहिले