बाढीले पुलहरू बगाएपछि स्थानीयलाई जिपलाइनको साहरा
1 घन्टा पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, भदौ २१ : विनाशकारी आकस्मिक बाढी र पहिरोपछि रसुवा, नुवाकोट र धादिङलगायतका बासिन्दा तहसनहस भएको जीवन पुनःस्थापित गर्न र आधारभूत सेवा सञ्चालनमा ल्याउन संघर्ष गरिरहेका छन्।
चीनसँगको सीमाक्षेत्रमा हिमनदी खस्दा आएको बाढीले घर, पुल तथा सीमा क्षेत्रमा रहेका बस्तीहरू नै बगाएको थियो।
त्रिशूली क्षेत्रमा मात्रै बाढीले पानी, ढुंगा र गेग्रानसहितको भीषण भेल ल्याउँदा करिब तीनसय घर क्षतिग्रस्त भएका छन् । आफ्ना आफन्त गुमाएका परिवार शोकमा छन् भने धेरै स्थानीय अझै बेपत्ता छन् ।
बाँचेकाहरूले घरका सामान, पैसा र लत्ताकपडासमेत गुमाएका छन् । पसल सञ्चालकहरूले केही मिनेटमै आफ्नो सम्पूर्ण सामान बाढीले बगाएको देख्नुपरेको छ ।
विपद्का कारण विद्यालय गएका बालबालिका घर फर्कन सकेका छैनन् । धेरै परिवार औषधि र खाद्यान्नको पहुँचबाट समेत वञ्चित भएका छन् भने इन्धन आपूर्तिसमेत अवरुद्ध भएको छ ।
त्रिशूली नदीमाथिका पुलहरू बाढीले बगाएपछि पूरै समुदाय दुईतर्फ विभाजित भएका भएका छन् । बाढीका कारण छुट्टिएका गाउँहरूलाई पुनः जोड्न अहिले जिपलाइन निर्माण गर्ने काम भइरहेको छ । यसबाट बिस्तारै आवतजावत सहज बन्दै गएको छ।
स्थानीय बासिन्दा मैसिङ तामाङले भने, ‘यसले अवस्था केही राम्रो बनाउनेछ भन्ने हामी सबैको आशा छ ।’
अर्की स्थानीयवासी सूर्यकुमारी तामाङले भनिन्,‘हामीले लामो समय पर्खनुपर्छ, तर यसले धेरै सहयोग पुगेको छ ।’
अर्का स्थानीयवासी सुमन सिंहले भने गाउँमा सवारीसाधनको आवतजावत सहज हुने अपेक्षा गरेका छन् ।
उपत्यकाको माथिल्लो क्षेत्रमा नेपाली सेना अस्थायी पुल निर्माण गरी आवतजावत पुनः सञ्चालन गराउने काममा तीव्रताका साथ जुटेको छ । यता, प्राविधिक टोलीले लामो समयदेखि अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन गर्न र टेलिफोन सम्पर्क पुनःस्थापित गर्न काम गरिरहेको छ ।
तर ठूलो मात्रामा भौतिक संरचना र सम्पत्ती नष्ट भएकाले पूर्ण पुनर्निर्माण तत्कालै सम्भव देखिँदैन । अहिलेका लागि बाढीपीडित स्थानीयका लागि जीवनलाई सामान्य अवस्थामा फर्काउनु नै सबैभन्दा ठूलो चुनौती बनेको छ।
साभार: काठमाडौं प्रेस
बाढीले पुलहरू बगाएपछि स्थानीयलाई जिपलाइनको साहरा
काठमाडौं, भदौ २१ : विनाशकारी आकस्मिक बाढी र पहिरोपछि रसुवा, नुवाकोट र धादिङलगायतका बासिन्दा तहसनहस भएको जीवन पुनः..
1 घन्टा पहिले
तपाईँहरू एक्लो हुनुहुन्न, राज्य र सरकार साथमा छ : प्रधानम..
काठमाडौं, भदौं २१ : प्रधानमन्त्री वालेन शाहले बाढी प्रभावित क्षेत्रका आमाबुबालाई आफूहरू एक्लो नरहेको महसुस गर्न ..
1 घन्टा पहिले
११ दिनपछि त्रिशूली-१ बाट चिनियाँ नागरिककाे जिवितै उद्धा..
काठमाडौं, भदाै २० : भोटेकोशी बाढीबाट प्रभावित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–४ टनेलबाट एक जना ..
1 दिन पहिले
भोटेकोशी बाढी : ७ हजार ५७० घर पूर्ण क्षतिग्रस्त, ३२ हजारभन..
काठमाडौं, भदाै २० : त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई जनाको सकुशल जीवितै उद्धार गरिए..
2 दिन पहिले
श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलले गरे कृष्ण मन..
काठमाडौं, भदाै १९ : श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहि..
2 दिन पहिले