बाढीले पुलहरू बगाएपछि स्थानीयलाई जिपलाइनको साहरा
2 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, भदौ २१ : विनाशकारी आकस्मिक बाढी र पहिरोपछि रसुवा, नुवाकोट र धादिङलगायतका बासिन्दा तहसनहस भएको जीवन पुनःस्थापित गर्न र आधारभूत सेवा सञ्चालनमा ल्याउन संघर्ष गरिरहेका छन्।
चीनसँगको सीमाक्षेत्रमा हिमनदी खस्दा आएको बाढीले घर, पुल तथा सीमा क्षेत्रमा रहेका बस्तीहरू नै बगाएको थियो।
त्रिशूली क्षेत्रमा मात्रै बाढीले पानी, ढुंगा र गेग्रानसहितको भीषण भेल ल्याउँदा करिब तीनसय घर क्षतिग्रस्त भएका छन् । आफ्ना आफन्त गुमाएका परिवार शोकमा छन् भने धेरै स्थानीय अझै बेपत्ता छन् ।
बाँचेकाहरूले घरका सामान, पैसा र लत्ताकपडासमेत गुमाएका छन् । पसल सञ्चालकहरूले केही मिनेटमै आफ्नो सम्पूर्ण सामान बाढीले बगाएको देख्नुपरेको छ ।
विपद्का कारण विद्यालय गएका बालबालिका घर फर्कन सकेका छैनन् । धेरै परिवार औषधि र खाद्यान्नको पहुँचबाट समेत वञ्चित भएका छन् भने इन्धन आपूर्तिसमेत अवरुद्ध भएको छ ।
त्रिशूली नदीमाथिका पुलहरू बाढीले बगाएपछि पूरै समुदाय दुईतर्फ विभाजित भएका भएका छन् । बाढीका कारण छुट्टिएका गाउँहरूलाई पुनः जोड्न अहिले जिपलाइन निर्माण गर्ने काम भइरहेको छ । यसबाट बिस्तारै आवतजावत सहज बन्दै गएको छ।
स्थानीय बासिन्दा मैसिङ तामाङले भने, ‘यसले अवस्था केही राम्रो बनाउनेछ भन्ने हामी सबैको आशा छ ।’
अर्की स्थानीयवासी सूर्यकुमारी तामाङले भनिन्,‘हामीले लामो समय पर्खनुपर्छ, तर यसले धेरै सहयोग पुगेको छ ।’
अर्का स्थानीयवासी सुमन सिंहले भने गाउँमा सवारीसाधनको आवतजावत सहज हुने अपेक्षा गरेका छन् ।
उपत्यकाको माथिल्लो क्षेत्रमा नेपाली सेना अस्थायी पुल निर्माण गरी आवतजावत पुनः सञ्चालन गराउने काममा तीव्रताका साथ जुटेको छ । यता, प्राविधिक टोलीले लामो समयदेखि अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन गर्न र टेलिफोन सम्पर्क पुनःस्थापित गर्न काम गरिरहेको छ ।
तर ठूलो मात्रामा भौतिक संरचना र सम्पत्ती नष्ट भएकाले पूर्ण पुनर्निर्माण तत्कालै सम्भव देखिँदैन । अहिलेका लागि बाढीपीडित स्थानीयका लागि जीवनलाई सामान्य अवस्थामा फर्काउनु नै सबैभन्दा ठूलो चुनौती बनेको छ।
साभार: काठमाडौं प्रेस
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसà..
काठमाडौं, कात्तिक ७ : बंगालको खाडीमा विकसित हुँदै गरेको चक्रवाती आँधीको प्रभावले आगामी साता नेपालमा २०० मिलिमि..
54 मिनट पहिले
पूराना दल र नेताहरुले केही गरेनन् भन्ने भाष्य तोड्न जरुर..
काठमाडौं, कात्तिक ७ : नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीà..
56 मिनट पहिले
सनोखडामा श्री सीताराम नामजप महायज्ञ सुरु
चन्दन ठाकुरमहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको महोत्तरी गाउँपालिका–१, सनोखडामा श्री सीताराम नामजप महायज्ञ à¤..
12 घन्टा पहिले
साउदीमा ड्रोन आक्रमण : नेपाली नागरिकहरुको सुरक्षामा ध्यà..
काठमाडौं, कात्तिक ६ : साउदी अरबको सेवा आयल फिल्डमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेष लागेर एक नेपाली नà¤..
12 घन्टा पहिले
घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे कà..
काठमाडौँ, कार्तिक ३ गते । बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ । घà..
4 दिन पहिले