माघ १६ मा जेनजी सहिदको सालिक अनावरण गर्न खरेलको आग्रह
2 घन्टा पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, भदाै २४ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता तथा सांसद जगदीश खरेलले सातदोबाटोस्थित सहिद पार्कमा निर्माण गरिएको जेनजी सहिदको सालिकको अनुहार नमिलेपछि उद्घाटन स्थगित गरिएको बताएका छन्।
सालिकको अनुहार सहिदका आफन्त तथा परिवारले नमिलेको गुनासो गरेपछि तत्काल उद्घाटन गर्नुभन्दा आवश्यक सुधार गरेर मात्रै अनावरण गर्नु उपयुक्त हुने उनको भनाइ छ।
बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै खरेलले तत्कालीन सरकारले जेनजी सहिदहरूको स्मृतिमा पार्क निर्माण गर्ने निर्णय गरेको र निजी क्षेत्रको सहयोगमा निर्माण प्रक्रिया अघि बढाइएको बताए। तत्कालीन मन्त्री बब्लु गुप्ताको सक्रियता तथा आफ्नो सहयोगमा पार्क निर्माणको काम सुरु गरिएको उनले जानकारी दिए।
उनका अनुसार पार्कको जग खन्नेदेखि संरचना निर्माण र डिजाइन निर्धारणसम्मका करिब ६० प्रतिशत काम यसअघि नै सम्पन्न भइसकेको थियो। तर सहिदका सालिकहरू अन्तिम रूप दिने काम भने बाँकी रहेको उनले बताए।
खरेलले सहिदका परिवार तथा आफन्तको सहमति र सालिकमा सहिदको अनुहार मिल्नु महत्वपूर्ण भएकाले अहिले हतार गर्न नहुने बताए।
‘सालिक त मिल्नुप¥यो नि, जो सहिद हो भन्ने हिसाबले। त्यसैले अहिले हतार नगरौँ,’ उनले भने।
उनले माघ १६ गते पर्ने सहिद दिवसलाई लक्षित गरेर सालिकको अनुहार मिलाउने तथा पार्कको बाँकी फिनिसिङको काम पूरा गर्न सुझाव दिएका छन्। त्यस अवधिमा पार्कलाई थप आकर्षक बनाउँदै जेनजी पार्क तथा सहिद पार्कमा आएको अनुभूति हुने गरी विकास गर्न सकिने उनको भनाइ छ।
खरेलले पाटनमा निर्माण गरिएको जेनजी सहिद विनोद महर्जनको सालिक उदाहरणीय बनेको उल्लेख गर्दै सातदोबाटोमा निर्माण भइरहेका सालिक पनि त्यस्तै आकर्षक र सहिदको वास्तविक अनुहारसँग मिल्दोजुल्दो बनाउनुपर्ने बताए।
पार्क निर्माण कुन प्रक्रियामार्फत अघि बढाइएको थियो भन्ने विषयमा भने उनले तत्कालीन मन्त्री बब्लु गुप्तालाई नै जानकारी रहेको बताए। उनले पार्क ठूलो आयोजना नभएको र अधिकांश संरचना तयार भइसकेकाले सालिकको अनुहार मिलाउने तथा केही फिनिसिङको काम गरेपछि पार्क आकर्षक बन्ने दाबी गरे।
ललितपुरमा पार्क निर्माण हुनुको कारणबारे उनले ललितपुर आफ्नो निर्वाचन क्षेत्र तथा जिल्ला भएको र स्थानीय तह तथा सम्बन्धित खेलकुद निकायले समेत सदाशयता देखाएकाले पार्क निर्माण सम्भव भएको बताए।
सहिद पार्क तथा जेनजी सहिदको स्मृतिसँग जोडिएको कार्यक्रममा सहभागी हुने विषयमा उठेको प्रश्नमा खरेलले सहिद सबैका साझा हुने भएकाले श्रद्धाञ्जली तथा स्मरणका कार्यक्रममा जोसुकै सहभागी हुन सक्ने बताए।
साभार ः काठमाडौं प्रेस
माघ १६ मा जेनजी सहिदको सालिक अनावरण गर्न खरेलको आग्रह
काठमाडौं, भदाै २४ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता तथा सांसद जगदीश खरेलले सातदोबाटोस्थित सह..
2 घन्टा पहिले
भोटेकोशी बाढीबारे अर्थ समितिमा छलफल, पूर्वसूचना प्रणाल..
काठमाडौं, भदाै २४ : अर्थ समितिले रसुवामा आएको बाढीपछि नेपाल सरकारबाट हालसम्म भएका उद्धार, राहत वितरण तथा पुनःस्..
2 घन्टा पहिले
जेनजी आन्दोलनको एक वर्ष : दलका युवा नेताहरूको नजरमा के बद..
काठमाडौं, भदाै २३ : एक वर्षअघि सडकमा उत्रिएको जेनजी पुस्ताले केवल सरकार परिवर्तनको माग गरेको थिएन। उनीहरूको असन..
1 दिन पहिले
सहीद परिवारलाई सुनारले भने- तिम्रो छोराले गोली खाएर देशल..
काठमाडौं, भदाै २३ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले जेनजी आन्दोलनका शहीदहरूको बल..
1 दिन पहिले
सप्तकोशीमा दुई लाख क्युसेक नाघ्यो पानीको बहाव, कोशी ब्या..
सुनसरी, भदाै २२ : पूर्वी पहाडी जिल्लाहरूमा लगातार परेको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव दुई लाख क्युसेक प्र..
2 दिन पहिले
-
भोटेकोशी बाढीबारे अर्थ समितिमा छलफल, पूर्वसूचना प्रणालीदेखि पुनर्निर्माणसम्मका विषयमा प्रश्न
-
जेनजी आन्दोलनको एक वर्ष : दलका युवा नेताहरूको नजरमा के बदलियो?
-
सहीद परिवारलाई सुनारले भने- तिम्रो छोराले गोली खाएर देशले सिटामोल खान पायो
-
सप्तकोशीमा दुई लाख क्युसेक नाघ्यो पानीको बहाव, कोशी ब्यारेजका २४ ढोका खोलिए