Janakpurdham
Sun, Oct 25, 2026
`

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

2 घन्टा पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, कात्तिक ८ : राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर नवदुर्गा भवानीको पूजाअर्चना गरेका छन् ।

भक्तपुरको नवदुर्गा मन्दिर परिसरमा अपरान्ह पुग्दा राष्ट्रपति पौडेललाई मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, भक्तपुर जिल्ला सुरक्षा समितिका पदाधिकारी, जनप्रतिनिधि र स्थानीयले स्वागत गरेका थिए । 

सो अवसरमा परम्परागत रुपमा पूजाका अवसरमा देखाइने नृत्य प्रस्तुत गरिएको थियो । सो अवसरमा राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गर्नुको साथै नवदुर्गाका पुजारी, नाइके र देवगणलाई दक्षिणा प्रदान गरे । 

यहाँ ब्रहमायणी, महेश्वरी, कुमारी, वैष्णवी, वाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकाली नवदेवीको पूजा गरिन्छ । सो अवसरमा राष्ट्रपति पौडेललाई तलेजु मन्दिरबाट ल्याइएको टीका तथा प्रसाद मन्दिरका मूल नाइकेले प्रदान गरेका थिए । 

दशैंको अन्तिम दिन राष्ट्र प्रमुखले भक्तपुरस्थित् नवदुर्गा भगवतीको पूजाअर्चना गर्ने प्रचलन छ ।

 

साभार: काठमाडौं प्रेस

`
12 comments
राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

काठमाडौं, कात्तिक ८ : राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादशैंको अन्तिम दिन कोजाग्रत पूà..

2 घन्टा पहिले

कोजाग्रत पूर्णिमा आज देशभर मनाइँदै 

काठमाडौं, कात्तिक ९ : आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज देशभर मनाइँदै छ । हिन्दू धर्मावलम्à..

2 घन्टा पहिले

बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसà..

काठमाडौं, कात्तिक  ७ : बंगालको खाडीमा विकसित हुँदै गरेको चक्रवाती आँधीको प्रभावले आगामी साता नेपालमा २०० मिलिमि..

1 दिन पहिले

पूराना दल र नेताहरुले केही गरेनन् भन्ने भाष्य तोड्न जरुर..

काठमाडौं, कात्तिक ७ : नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीà..

1 दिन पहिले

सनोखडामा श्री सीताराम नामजप महायज्ञ सुरु

चन्दन ठाकुरमहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको महोत्तरी गाउँपालिका–१, सनोखडामा श्री सीताराम नामजप महायज्ञ à¤..

2 दिन पहिले