Janakpurdham
Mon, Oct 19, 2026
`

पूर्व अभिनेत्री सोमी अलीको सलमानमाथि शारीरिक शोषणको आरोप : भन्छिन्, ‘वर्षौंसम्म चुरोटले पोले’

4 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं । बलिउड अभिनेत्री सोमी अलीले आफ्नो सामाजिक सञ्जालमा सलमान खानको नाम नलिई ठूलो हमला गरेकी छन् । सोमी अलीले आफ्नो पोस्टमा सलमान खानसँगको पुरानो तस्बिर सेयर गर्दै शारीरिक शोषणको आरोप लगाएकी छिन् । यद्यपि, सोमीले यो पोस्ट तत्कालै डिलिट गरिन् । सोमीले आफ्नो पोस्टमा सलमान खान बाहेक सलमान खानलाई समर्थन गर्ने अभिनेत्रीमाथि पनि हमला गरेकी छिन् । सोमी अली कुनै समय सलमान खानकी प्रेमिका थिइन् । पछिल्लो समय उनले सलमान खानमाथि बारम्बार हमला गरिरहेकी छिन् ।

म आफ्नो पक्षमा ५० जना वकिल खडा गर्नेछु

सोमीले हालै आफ्नो र सलमानसँगको पुरानो तस्विर सेयर गर्दै लेखेकी छिन्, ‘अब धेरै कुरा हुनेछ । मेरो शो भारतमा प्रतिबन्धित भयो र त्यसपछि मलाई वकिलमार्फत् धम्की दिइयो । तिमी कायर हौ । यदि तिमीले मलाई वकिलहरुको डर देखाउँछौ भने म पनि आफ्नो सुरक्षामा ५० वकिल खडा गरिदिन्छु । उनीहरु सबैले मलाई चुरोटले पोलिदिने र शारीरिक उत्पीडनबाट बचाउनेछन् जुन तिमीले ममाथि वर्षौँससम्म गर्यौ ।’

तिमीलाई समर्थन गर्ने सबैलाई धिक्कार छ

सोमीले आफ्नो पोस्टमा थप लेखेकी छिन्, ‘महिलामाथि आक्रमण गर्ने पुरुषलाई समर्थन गर्ने सबै महिला कलाकारहरूमाथि धिक्कार छ । तिमीलाई समर्थन गर्ने पुरुष कलाकारलाई पनि धिक्कार छ । ध्यान रहोस्, तिमीले आफ्नो इन्सोल लगाएको छौ किनभने तिम्रो हाइट पाँच फिट ६ इन्च मात्रै छ । अब यो वार कि पारको लडाईं हो ।’

उनले आफ्नो पोस्टमा कसैको नाम नलेखेको भए पनि सलमानसँगको फोटो सेयर गरेपछि अनुमान लगाउन सकिन्छ कि उनका यी सबै कुरा सलमान खानप्रति इंगित छ ।

यसअघि पनि सलमानबारे लेखिसकेकी छिन्

यस वर्षको मार्चमा सोमीले सलमानको फिल्म मैने प्यार कियाको एक तस्बिर सेयर गरेकी थिइन् । सोमीले उक्त तस्बिरको क्याप्सनमा लेखेकी थिइन् – बलिउडका हार्वे वाइन्स्टिन, तिम्रो पर्दाफास हुनेछ जुन महिलालाई तिमीले दुर्व्यवहार गरेका छौ, त्यो एकदिन पक्कै पनि सार्वजनिक हुनेछ । उनीहरुले आफ्नो वास्तविकता बताउनेछन् जस्तै ऐश्वर्या राय बच्चनले गरेकी छिन् ।

‘मैने प्यार किया’ हेरेपछि उनी सलमानसँग फिदा भएकी थिइन्

सोमी अली अमेरिकामा बस्थिन् । जब उनले सलमान खानको फिल्म ‘मैने प्यार किया’ हेरिन्, उनी सलमानप्रति फिदा नै भइन् । उनी सलमानसँग यति मोहित भइन् कि उनले भारत आएर उनीसँग विवाह गर्ने निर्णय गरिन् । उनी भारत आएर केही समय सलमानसँग सम्बन्धमा पनि रहिन् । यस क्रममा उनले कमिला, माफिया र आन्दोलन जस्ता फिल्ममा काम गरिन् । केही समयपछि उनको र सलमानको सम्बन्ध टुट्यो र उनी फेरि अमेरिका गइन् । साभार : रातोपाटी

`
12 comments
बडादशैंको आठौँ दिन आज महागौरीको पूजा गरिँदै

काठमाडौं, कात्तिक १ : नवरात्रको आठौँ दिन अर्थात् महाअष्टमीका अवसरमा आज देशभर शक्तिस्वरूपा महागौरी देवीको विधिपूà..

14 घन्टा पहिले

कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्..

काठमाडौं, कात्तिक१ : नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम नà..

14 घन्टा पहिले

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..

काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..

2 दिन पहिले

आज घर–घरमा फूलपाती भित्र्याइँदै

काठमाडौं, असाेज ३१ : बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभर विधिà¤..

2 दिन पहिले

नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..

काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..

3 दिन पहिले