जनताले दिएको सल्लाह र सुझावकै आधारमा आफ्नो पार्टी अघि बढ्छ : डा. सिके रावत
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले समानता, भाइचारा र देशको समृद्धिका लागि काम गर्न आफ्नो पार्टी प्रतिबद्ध भएर लागिपर्ने बताएका छन् । शनिबार पार्टीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । जनताले आफ्नो पार्टीलाई अन्तिम आशाको नजरले हेरेको भन्दै उनीहरूको आशालाई निराश हुन नदिने गरी रात दिन काममा खटिने योजना रहेको उनले बताए ।सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अध्यक्ष राउतले जनताको अपेक्षाअनुसार आफूले ‘डू एण्ड डाई’को मनस्थितिमा काम गर्नुपर्ने अवस्था रहेको बताए । अध्यक्ष राउतले जनताको अपेक्षा पूरा गराउनका लागि आगामी दिनमा झन् बढी सहयोगको अपेक्षा गरिएको पनि बताए । एउटा व्यक्ति सांसद, मन्त्री वा प्रधानमन्त्री हुँदैमा केही गर्न नसकिने तर सबैको सहयोग पाए जनताको हितमा काम गर्न सकिने उनको भनाइ थियो । मतदाताले आफ्नो पार्टीलाई अन्तिम आशा भनेको भन्दै त्यो आशा पूरा गर्न आफूले ‘डू एण्ड डाइ’ को रणनीति अपनाउने उल्लेख गरे ।उनले भने, ‘जनताले जुन अपेक्षा हामीसँग राखेका छन । त्यो अपेक्षा कति ठूलो छ भन्ने तपाईंंहरूलाई पनि अनुमान छ । कतिपयले त अन्तिम आशा समेत भन्नु हुन्छ । मलाई त्यो शब्द प्रयोग गर्दा एकदम डर लाग्छ । अन्तिम आशा किन खतरनाक लाग्छ भन्दाखेरी हामीले यदि काम गर्न सकेनौ भने के हुन्छ ? अन्तिम आशा तोडियो भने के हुन्छ त ? देश निराशामा जान्छ । जनता निराशामा जान्छन् । त्यो भएर यदि जनताले हामीलाई अन्तिम आशाको रुपमा देखेका छन् भने हाम्रो पनि जिम्मेवारी त्यही स्तरको हुनु पर्दछ ।’अध्यक्ष राउतले जनताले दिएको सल्लाह र सुझावकै आधारमा आफ्नो पार्टी अघि बढ्ने पनि बताए । त्यस अवसरमा उनले चुनावमा ठूलो आशा र भरोसाका साथ आफ्नो पार्टीलाई मतदान गरेको भन्दै मतदाताहरुलाई धन्यवाद व्यक्त गरे । साभार : कोसीअनलाइन
फुटपाथ अतिक्रमणविरुद्ध नागरिक दबाब सशक्त, ३१५ हस्ताक्ष..
जनकपुरधाम, २५ माघ । जनकपुरधामका मुख्य सडक तथा बजार क्षेत्रमा बढ्दो फुटपाथ अतिक्रमणविरुद्ध सञ्चालन गरिएको हस्ता..
2 घन्टा पहिले
कांग्रेस सच्चिएर आएको छ, मन र मत दुवै जित्नेछः महामन्त्र..
काठमाडौं, माघ २४ : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नागरिकको अपेक्षा अनुसार नीति र नेतृत्व दुवै सच्..
21 घन्टा पहिले
वरिष्ठ कलाकार सुनिल थापाको निधन
काठमाडौं, माघ २४ : वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ। हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अन्तर्..
21 घन्टा पहिले
जनताको मत र जीतको असली हकदार हामी हौं : उपेन्द्र यादव
सप्तरी, माघ २३ : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभाको यो निर्वाचनमा जनताको मत र ज..
1 दिन पहिले
रुख बाहेक अन्य चिन्हमा भोट हाल्नुपर्ने अवस्था छैन : विश्..
काठमाडौं, माघ २३ : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसको मात्र उ..
1 दिन पहिले