Janakpurdham
Mon, Oct 19, 2026
`

कंगना रनोट तमिल फिल्म चन्द्रमुखी २ मा देखिने

4 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं । अभिनेत्री कंगना रनोट तमिल फिल्म चन्द्रमुखी २ मा देखिने भएकी छिन् । यो फिल्म २००५ को क्लासिक हरर कमेडी चन्द्रमुखीको सिक्वेल हो । चन्द्रमुखी २ का लागि फाइनल भएको जानकारी कंगनाले नै आफ्नो सोसल मिडिया ह्यान्डलमा दिएकी छिन् । यो चलचित्रलाई पी वासुले निर्देशन गर्नेछन् । अर्कोतर्फ, कंगनाको अपोजिटमा तमिल अभिनेता राघव लरेन्स देखिनेछन्, जो कञ्चना १ र कञ्चना २ र कञ्चना ३ जस्ता हरर कमेडी फिल्मका लागि परिचित छन् ।

पहिलो भागमा ज्योतिका सरवनन बनेकी थिइन् चन्द्रमुखी


रजनीकान्त र ज्योतिका सरवननले २००५ मा फिल्म चन्द्रमुखीमा काम गरेका थिए । चन्द्रमुखी सन् २००४ को फिल्म आपटामित्राको रिमेक हो, जो आफैं सुपरस्टार मोहन लालको मलयालम फिल्म मणिचित्रथजु को रिमेक हो । साथै, अक्षय कुमार र विद्या बालन स्टारर फिल्म भुल भुलैयामा मञ्जुलिकाको चरित्र पनि चन्द्रमुखीबाट लिइएको थियो ।


चन्द्रमुखी २ को छायांकन डिसेम्बरबाट सुरु हुनेछ

मिडिया रिपोर्टका अनुसार कंगनाले डिसेम्बरको पहिलो साताबाट फिल्मको सुटिङ सुरु गर्दैछिन् । इमर्जेन्सी फिल्मको कामबाट अलिकति ब्रेक लिएर उनले यो फिल्मको काम सुरु गर्नेछिन् । जनवरीमा इमर्जेन्सीको सुटिङ सकिएपछि कंगनाले चन्द्रमुखी २ को दोस्रो शेड्युलको छायांकन सुरु गर्नेछिन् ।

कंगना चन्द्रमुखीको भूमिकाका लागि उत्साहित छिन्

समाचारका अनुसार चन्द्रमुखी २ लाई लाइका फिल्म्सले निर्माण गर्नेछ, जसले हालै वर्षको सबैभन्दा ठूलो फिल्म पीएसवानलाई निर्देशन गरेको छ । कंगना यो फिल्मलाई लिएर निकै उत्साहित छिन् । फिल्मको बारेमा कुरा गर्दै कंगनाले लेखेकी छिन्, ‘म आफूलाई धेरै भाग्यशाली मान्छु कि अर्को तमिल फिल्ममा पी वासु जीसँग काम गर्ने मौका पाइरहेको छु ।’साभार : रातोपाटी

`
12 comments
बडादशैंको आठौँ दिन आज महागौरीको पूजा गरिँदै

काठमाडौं, कात्तिक १ : नवरात्रको आठौँ दिन अर्थात् महाअष्टमीका अवसरमा आज देशभर शक्तिस्वरूपा महागौरी देवीको विधिपूà..

12 घन्टा पहिले

कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्..

काठमाडौं, कात्तिक१ : नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम नà..

12 घन्टा पहिले

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..

काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..

2 दिन पहिले

आज घर–घरमा फूलपाती भित्र्याइँदै

काठमाडौं, असाेज ३१ : बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभर विधिà¤..

2 दिन पहिले

नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..

काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..

3 दिन पहिले