पुल निर्माण अन्तिम चरणमा
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
सर्लाही, मङ्सिर २८ गते । सर्लाहीको लालबन्दी नगरपालिका–३, जब्दी र ईश्वरपुर नगरपालिका–८, रामपुरलाई जोड्ने गरी फूलजोर खोलामा निर्माणाधीन पुलको काम अन्तिम चरणमा पुगेको छ। वर्षौदेखि प्रतिक्षारत यो पुलको निर्माण कार्य पूरा हुन लाग्दा स्थानीय खुसी भएका छन्। उक्त स्थानमा पुल नहुँदा वर्षामा खोला वारपार गर्न समस्या हुने गरेको थियो। अब पुलबाटै आवतजावत गर्न मिल्ने भएपछि स्थानीय खुसी भएका हुन्। जब्दीका स्थानीय अर्जुन चौधरीले पुल निर्माण भएसँगै वर्षायाममा जोखिम मोलेर बाढीमा हेलिएर खोला वारपार गर्नुपर्ने बाध्यता अन्त्य भएको बताउनुभयो। ईश्वरपुर नगरपालिकाको रामपुर, बयलबास, रामनगर, बेला, मनहर्वा र चन्द्रनगर गाउँपालिकाका बासिन्दाले लालबन्दी बजारसम्म आउन छोटो दूरीमा पर्ने भएकाले फुलजोर खोला तरेरै आउने गरेका छन्। बाढी आएको बेला भने बयलबासबाट पूर्व–पश्चिम राजमार्गस्थित फूलजोर चोकमा निस्किएर लालबन्दी आउनुपर्ने बाध्यता थियो। ईश्वरपुर नगरपालिका–८ का वडाध्यक्ष श्याम थापाले दुई हप्ताभित्रमा पुलको निर्माण कार्य पूरा हुने जानकारी दिनुभयो। अघिल्लो वर्ष असारमा पुल ढलान गरेकै राति खोलामा बाढी आएर पुलको केही भाग बगाएपछि लामो समयसम्म निर्माण रोकिएको थियो। ठेकेदारलाई निरन्तर ताकेता गरेर पुलको कामलाई अन्तिम चरणमा पु-याइएको वडाध्यक्ष थापाले बताउनुभएको छ। उहाँका अनुसार पुल निर्माणका लागि सुरुमा १४ करोड रुपियाँमा ठेक्का लागेको थियो। साभार : गोरखापत्र
न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोज..
काठमाडौं, वैशाख २६ : कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संविधान, संवैधानिक सर्वोच्चता र विधिको शासनम..
12 घन्टा पहिले
‘देउवालाई टिकट नदिने कुरा स्वभाविक हो वा अस्वभाविक, त्यस..
कैलाली, वैशाख २६ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा..
12 घन्टा पहिले
सार्वजनिक जग्गा खाली गर्ने सूचनापछि धनुषामा सुकुमवासीक..
धनुषा, वैशाख २५ : जगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने सूचना निकालेपछि जारी गरेपछि धनुषाको महेन्द्र..
2 दिन पहिले
पर्यटन, सांस्कृतिक सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यला..
काठमाडौं, वैशाख २५ : प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले नेपालको कूटनीतिक तथा सांस्कृतिक सम्बन्धलाई थप सु..
2 दिन पहिले
नेपालका १३ जिल्लामा तोकिएका निषेधित क्षेत्रमा पदयात्रा..
काठमाडौं, वैशाख २४ : विदेशी नागरिकहरूले नेपालका १३ जिल्लामा तोकिएका निषेधित क्षेत्रमा पदयात्रा (ट्रेकिङ) गर्न अध..
3 दिन पहिले
-
‘देउवालाई टिकट नदिने कुरा स्वभाविक हो वा अस्वभाविक, त्यसको जवाफ सभापतिले दिनुपर्छ’
-
सार्वजनिक जग्गा खाली गर्ने सूचनापछि धनुषामा सुकुमवासीको प्रदर्शन
-
पर्यटन, सांस्कृतिक सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ बनाउनुपर्नेमा सभामुख अर्यालको जोड
-
नेपालका १३ जिल्लामा तोकिएका निषेधित क्षेत्रमा पदयात्रा अनुमति अनिवार्य