Janakpurdham
Fri, Sep 12, 2025
`

नेहा चौधरीका श्रीमान् पक्राउ, घरमा ताल्चा लगाएर परिवारका सदस्य फरार

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम । दाइजोको निहुँमा श्रीमती नेहा चौधरीलाई निर्मतापूर्वक कुटपिट गरी घरबाट निकालेको आरोप लागेका महोत्तरी रामगोपालपुर-५ का पंकज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।श्रीमान्‌बाट दाइजोको निहुँमा घरेलु हिंसामा परेकी नेहा चौधरी मंगलबार घर गएपनि उनलाई पस्न दिइएन । त्यसपछि उनी घरको मूलढोकाअघि धर्ना दिएर बसिन् । त्यसपछि प्रहरीले बाध्य भएर पंकजलाई पक्राउ गरेको बताइएको छ ।

मंगलवार साँझ पंकजलाई पक्राउ गरेको महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले पुष्टि गरे । उनले घरेलु हिंसा र दाइजोविरुद्धका मुद्दामा पंकजलाई पक्राउ गरेको बताए । पंकजमाथि कानून बमोजिम कारबाही प्रक्रिया थाल्ने पंगेनीको भनाइ छ ।महोत्तरीको औरही-१ घर भएकी नेहा र सोही जिल्लाको रामगोपालपुर-५ घर भएका पंकजबीच गत फागुनमा विवाह भएको थियो । विवाहको केही समयदेखि नै पर्याप्त दाइजो नदिएको निहुँमा श्रीमान् र परिवारले शारीरिक तथा मानसिक यातना दिन सुरू गरेका थिए । दसैँको टीकाको दुई दिनपछि नेहालाई श्रीमान्‌को टोकाइ र कुटपिटबाट थिलथिलो भएको अवस्थामा माइतीले उद्धार गरेर अस्पताल पुर्‍याएका थिए ।नेहा भन्छिन्, ‘श्रीमान् पंकजलाई मात्र पक्राउ गरेर हुँदैन । मलाई कुटपिट गर्ने र घर निकाला गर्नेमा सासू-ससुरासहित उनको परिवारका सबै सदस्य संलग्न छन् । उनीहरूलाई पनि पक्राउ गरी कारबाही गर्नुपर्छ ।’

पंकज पक्राउ परेपछि उनका परिवारका सबै सदस्य फरार भएका छन् । घरको मुख्यद्वारमा अहिले ताला लागेको छ । एसपी पंगेनीले अहिले पंकजलाई पक्राउ गरेको र अन्यलाई पक्राउ गर्नुपरे आवश्यकताअनुसार पछि गर्ने बताए ।नेहा र पंकज तीन वर्षको प्रेम सम्बन्धपछि पारिवारिक सहमतिमा विवाह गरेका थिए । ७७ साल फागुनमा ईंगेजमेन्ट भएपछि पंकजले नेहाको परिवारसित विभिन्न डिमान्ड गरेर दु:ख दिन थालेका हुन् । अन्ततः ईंगेजमेन्टको एक वर्षपछि गत फागुनमा विवाह भएको थियो । आफ्नो औराही बजारमा भएको घर र जग्गासमेत बेचेर परिवारले धुमधामसँग छोरीको विवाह गरिदिएको थियो ।नेहाको परिवारका अनुसार विवाहमा ६२ लाखको चेक, २० लाखको सुन तथा ५०-६० लाख चाँदीका गहना दाइजो दिइएको छ । तर, बिहेपछि पंकजले काठमाडौंमा घरसमेत दिनुपर्ने डिमान्ड राख्न थालेका थिए । दाइजोको विवादकै कारण विवाहको केही महिनादेखि श्रीमान् र सासूले आफूलाई यातना दिने गरेको नेहाले बताएकी छन् ।पंकज एमबीबीएस डाक्टर हुन् । उनले जिल्ला अदालत महोत्तरीमा डिभोर्स मुद्दा दर्ता गराइसकेका छन् । हिंस्रक श्रीमान्विरुद्ध नेहाले पनि घरेलु हिंसा र दाइजोविरुद्धका दुई मुद्दा दायर गरेकी छन् ।साभार : नेपाल प्रेस

`
12 comments
देशले पाउला त पहिलो महिला प्रधानमन्त्री ? यस्तो छ सुशीला..

काठमाडौं ,भदौ २५ गते । जेजी आन्दोलनले देशमा पहिलो महिला प्रधानमन्त्री बन्न सक्ने सम्भावनाको ढोका उघारेको छ । आज ब..

18 घन्टा पहिले

देशभरका कारागारमा वितण्डा मच्चाउँदै र भाग्दै कैदीबन्द..

काठमाडौं ,भदौ २५ गते । मंगलबार नख्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा गरिएप..

18 घन्टा पहिले

आन्दोलन स्थगित गरी वार्तामा आउन Gen-Z लाई प्रधान सेनापतिको ..

काठमाडौं ,भदौ २४ गते । प्रधान सेनापति अशोकराज सिग्देलले विषम परिस्थितबाट राष्ट्रलाई शान्तिपूर्ण रूपमा निकास दि..

2 दिन पहिले

प्रधानमन्त्री ओलीले दिएको राजीनामा स्वीकृत

काठमाडौं ,भदौ २४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गरेका छन् ।&..

2 दिन पहिले

मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयकाे पुष्टि, ..

काठमाडौं , भदौ २३ गते । आइतबारको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयले पुष्टि गरेको छ ..

3 दिन पहिले

...