
विश्वकप फुटबल : क्राेएसियालाई पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं । उपाधि दाबेदार टोली अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइल खेलमा साविक उपबिजेता क्रोएसियालाई ३–० गाेल अन्तरले पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको हो ।अर्जेन्टिनालाई उपाधि नजिक पुर्याउन कप्तान लियोनल मेस्सीले एक गोल गर्दै उत्कृष्ट भूमिका निर्वाह गरे । मेस्सीले १ गाेल गर्दा जुलियन अल्भारेजले २ गोल गरे । दोहाको लुसेल रंगशालामा जारी खेलको पहिलो हाफमा अर्जेन्टिनाले २–० गोलको अग्रता बनाएको थियो । खेलको ३४ औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए । क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले जुलियन अल्भारेजलाई पेनाल्टी क्षेत्रमा फउल गर्दै लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । जसमा मेस्सीले सदुपयोग गरे । खेलको ३९ औं मिनेटमा जुलियन अल्भारेज गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमा २–० गोलको अग्रता दिलाए । खेलको ६९ औं मिनेटमा उनले व्यक्तीगत दोस्रो र टिमका लागि तेस्रो गोल गरे ।उपाधिका लागि अर्जेन्टिनाले माेरक्काे र फ्रान्सबीचकाे बिजेतासँग प्रतिस्पर्धा गर्नेछ ।साभार : कोसी अनलाइन

मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयकाे पुष्टि, ..
काठमाडौं , भदौ २३ गते । आइतबारको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयले पुष्टि गरेको छ ..
13 घन्टा पहिले
गृहमन्त्री लेखकले दिए राजीनामा
काठमाडौं , भदौ २३ गते। गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार जेनजीको गरेको प्रदर्शनका क्रममा प..
13 घन्टा पहिले
काँग्रेसले सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्ने
काठमाडौँ ,भदौ २२ गते । प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेसले सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने सरका..
2 दिन पहिले
ऋषि तर्पणीवाट सोह्र श्राद्ध शुरु, गंगासागरमा तर्पण गर्न..
जनकपुरधाम ,भदौ २२ गते । प्रत्येक वर्ष भदौ महिनाको कृष्णपक्ष प्रतिपदा तिथिबाट शुरु हुने सोह्र श्राद्ध शुरु हुनु ..
2 दिन पहिले
सामाजिक सन्जालमाथिको प्रतिबन्ध लामो समय जाँदैन : योगेश भ..
काठमाडौं, भदौ २१ : सत्ताधारी दल एमालेका सांसद योगेश भट्टराईले सामाजिक सन्जाल नियमन निर्देशिकबाट नभई संसदबाट बन..
3 दिन पहिले