विश्वकप फुटबल : क्राेएसियालाई पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं । उपाधि दाबेदार टोली अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइल खेलमा साविक उपबिजेता क्रोएसियालाई ३–० गाेल अन्तरले पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको हो ।अर्जेन्टिनालाई उपाधि नजिक पुर्याउन कप्तान लियोनल मेस्सीले एक गोल गर्दै उत्कृष्ट भूमिका निर्वाह गरे । मेस्सीले १ गाेल गर्दा जुलियन अल्भारेजले २ गोल गरे । दोहाको लुसेल रंगशालामा जारी खेलको पहिलो हाफमा अर्जेन्टिनाले २–० गोलको अग्रता बनाएको थियो । खेलको ३४ औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए । क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले जुलियन अल्भारेजलाई पेनाल्टी क्षेत्रमा फउल गर्दै लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । जसमा मेस्सीले सदुपयोग गरे । खेलको ३९ औं मिनेटमा जुलियन अल्भारेज गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमा २–० गोलको अग्रता दिलाए । खेलको ६९ औं मिनेटमा उनले व्यक्तीगत दोस्रो र टिमका लागि तेस्रो गोल गरे ।उपाधिका लागि अर्जेन्टिनाले माेरक्काे र फ्रान्सबीचकाे बिजेतासँग प्रतिस्पर्धा गर्नेछ ।साभार : कोसी अनलाइन
बडादशैंको आठौँ दिन आज महागौरीको पूजा गरिँदै
काठमाडौं, कात्तिक १ : नवरात्रको आठौँ दिन अर्थात् महाअष्टमीका अवसरमा आज देशभर शक्तिस्वरूपा महागौरी देवीको विधिपूà..
11 घन्टा पहिले
कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्..
काठमाडौं, कात्तिक१ : नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम नà..
11 घन्टा पहिले
चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..
काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..
1 दिन पहिले
आज घर–घरमा फूलपाती भित्र्याइँदै
काठमाडौं, असाेज ३१ : बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभर विधिà¤..
1 दिन पहिले
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..
काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..
2 दिन पहिले