Janakpurdham
Sun, May 10, 2026
`

धनुषाको तीन पालिकामा बाल विवाह विरुद्ध सडक नाटक सम्पन्न

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम २८ गते मंसिर । धनुषा जिल्लाको तीन स्थानीय तहमा मंगलबार एकै दिन जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ । बालअधिकार लगायत सामाजिक रुपान्तरणका क्षेत्रमा काम गरिरहेको सामाजिक विकास र अनुसन्धान केन्द्रको आयोजनामा जिल्लाको शहिदनगर नगरपालिकाको यदुकोहा, कमला नगरपालिकाको माचि तथा विदेह नगरपालिकाको तिनकौरिया बजारमा सडक नाटक प्रदर्शन गरिएको छ । बाल अधिकार समितिको समन्वय तथा प्लान ईन्टरनेशनलको आर्थिक सहयोगमा बाल संरक्षण परियोजना अन्तरगत बाल विवाह, घरेलु महिला र लैँगिक हिँसा सम्बन्धी उक्त सडकनाटक मार्फत कलाकारहरुले समाजमा रहेको बालबिबाह र महिला हिँसाका कारण भईरहेको समस्यालाई दर्शक समक्ष प्रस्तुत गरिएको थियो । नाटक मार्फत बालबिबाहका कारण बालबालिकाहरुको शारीरिक तथा मानसिक स्वास्थ्यमा पर्ने असर र यसबाट हुने गरेको अकाल मृत्युलाई देखाइएपछि स्थानीयबासीहरुले यसको नाकारात्मक असरका बारेमा जानकारी पाएका थिए । उक्त सडक नाटकमा सामाजिक विकास र अनुसन्धान केन्द्रका सामाजिक परिचालक दिपेन्द्र दास तथा जिवछ दासको सहभागीतामा भएको सडक नाटकमा कलाकारहरु भोला मंडल, नरेश मंडल, मेथुल यादव, सुरज यादव, भुमादेवी यादव तथा कृति पटेलले बालबिबाह विरुद्ध अभिनय गर्नुभएको थियो । तिनकौरिया बजारमा भएको सडक नाटकमा प्रहरी चौकी तिनकौरियाका ईचार्ज प्रहरी नायव निरिक्षक संतोष कुमार झा, विदेह नगरपालिका वडा नं. ६ का वडाध्यक्ष जयराम मंडल लगायतका अभिभावक, विद्यार्थी, व्यापारीहरुको सहभागीता रहेको थियो ।

 

`
12 comments
न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोज..

काठमाडौं, वैशाख २६ : कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संविधान, संवैधानिक सर्वोच्चता र विधिको शासनम..

12 घन्टा पहिले

‘देउवालाई टिकट नदिने कुरा स्वभाविक हो वा अस्वभाविक, त्यस..

कैलाली, वैशाख २६ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा..

12 घन्टा पहिले

सार्वजनिक जग्गा खाली गर्ने सूचनापछि धनुषामा सुकुमवासीक..

धनुषा, वैशाख २५ : जगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने सूचना निकालेपछि जारी गरेपछि धनुषाको महेन्द्र..

1 दिन पहिले

पर्यटन, सांस्कृतिक सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यला..

काठमाडौं, वैशाख २५ : प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले नेपालको कूटनीतिक तथा सांस्कृतिक सम्बन्धलाई थप सु..

2 दिन पहिले

नेपालका १३ जिल्लामा तोकिएका निषेधित क्षेत्रमा पदयात्रा..

काठमाडौं, वैशाख २४ : विदेशी नागरिकहरूले नेपालका १३ जिल्लामा तोकिएका निषेधित क्षेत्रमा पदयात्रा (ट्रेकिङ) गर्न अध..

3 दिन पहिले