प्रत्याभूत बालबालिकाहरुलाई सामग्री वितरण
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin
बटुकनाथ झा जनकपुरधाम,५ गते पुस । धनुषा जिल्लाका विदेह नगरपालिकाका दुई सय आठ जना प्रत्याभूत बालबालिकाहरुलाई शनिबार सामग्री वितरण गरिएको छ । बालबालिकाका क्षेत्रमा काम गर्ने अनतराष्ट्रिय संस्था प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा सामुदायिक परिवार कल्याण संघको आयोजनामा विदेह नगरपालिकाका वडा नं. १ देखि ९ सम्मका प्रत्याभूत भएका बालबालिकालाई टिफिन बक्स, साबुन, नेलकटर, ब्रस, पेष्ट लगायतका आवश्यक सामग्रीहरु वितरण गरिएको छ । विदेह नगरपालिकाका उपप्रमुख आशा देवी झाको प्रमुख आतिथ्यमा वाल प्रत्याभूती कार्यक्रम अनतरगत १२ वर्ष मूनीका बालबालिकाहरुलाई सो सामानहरु प्रदान गरिएको संघका फिल्ड अधिकृत राजनन्दन यादवले जानकारी दिनुभयो । पहिलो चरणमा ४ सय ३० बालबालिकाहरु मध्ये विदेह नगरपालिकाका २ सय ८ जनालाई वितरण गरिएको छ भने बाँकी २ सय २२ जना जनकनन्दिनी गाउँपालिकाका प्रत्याभूत बालबालिकाहरुलाई वितरण गरिने उहाँले जानकारी दिनुभयो । प्रत्याभूत बालबालिकाहरुका लागि विभिन्न देशका नागरिकले गरेको सहयोगबाट उनिहरुको शिक्षा, स्वास्थ्य, खानेपानी, आयआर्ज लगायतका विकासका क्षेत्रमा काम गर्न सहयोग पुग्ने उहाँले । बाल प्रत्याभूत कार्यक्रम अन्तरगत धनुषाका विदेह नगरपालिकामा सन् २०२१ र जनकनन्दिनी गाउँपालिकामा २०२२ देखि कार्यक्रम संचालन भई काम भइएरहेको छ भने सबैला, कमला र शहिदनगर नगरपालिकामा समेत कार्यक्रम संचालन भएको छ । पाँच वटै पालिकाका बालबालिकाहरुको प्रत्याभूत गरेका विदेशी नागरिकको सहयोगमा सर्वाङिगक विकासका लागि काम गरिने यादवले जानकारी दिनुभयो । सो सामग्री वितरण कार्यक्रममा संघका बाल प्रत्याभूत कार्यक्रमका संयोजक यमलाल शाशंकर, फिल्ड अधिकृत राजनन्दन यादव,डाटा अधिकृत ब्रह्मानन्द ठाकुर लगायतका कर्मचारी, सामाजिक परिचालकहरुको सहभागीता रहेको थियो ।
बडादशैंको आठौँ दिन आज महागौरीको पूजा गरिँदै
काठमाडौं, कात्तिक १ : नवरात्रको आठौँ दिन अर्थात् महाअष्टमीका अवसरमा आज देशभर शक्तिस्वरूपा महागौरी देवीको विधिपूà..
9 घन्टा पहिले
कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्..
काठमाडौं, कात्तिक१ : नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम नà..
9 घन्टा पहिले
चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..
काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..
1 दिन पहिले
आज घर–घरमा फूलपाती भित्र्याइँदै
काठमाडौं, असाेज ३१ : बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभर विधिà¤..
1 दिन पहिले
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..
काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..
2 दिन पहिले