Janakpurdham
Mon, Oct 19, 2026
`

आगामी शैक्षिक सत्रदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम लागू हुने

4 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौँ । आगामी शैक्षिक सत्र २०८० देखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम अनुसार पठनपाठन हुने भएको छ । पाठ्यक्रम परिवर्तनका लागि काम भइरहेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । जसअन्तर्गत कक्षा ५ र १० को पाठ्यक्रमको खाका निर्माण सकिएको र कक्षा ८ को खाका निर्माणकै क्रममा रहेको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक  वैकुण्ठप्रसाद अर्यालले बताउनुभयो । 

उहाँले भन्नुभयो,  ‘आगामी शैक्षिक सत्रबाट कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रमअनुसार पढाइ हुनेछ । यसका लागि पाठ्यक्रम विकास केन्द्रले काम गरिरहेको छ । कक्षा ५ र १० को पाठ्यक्रमको खाका तयार भएको छ । अब कक्षा ८ को खाका तयार गर्दैछौं । नयाँ पाठ्यपुस्तकको ‘प्रिन्ट रेडी कपी’ (छाप्नका लागि तयार भएको मस्यौदा) जनक शिक्षा सामग्री केन्द्रलाई पठाएपछि केन्द्रले छपाइ गर्नेछ । कक्षा ५ को प्रिन्ट रेडी कपी जनक शिक्षा सामग्री केन्द्रमा पठाइसकिएको उहाँले बताउनुभयो ।गत वर्ष कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यक्रममा आधारित भएर पठनपाठन सुरु भइसकेको छ । आगामी वर्ष २०८० मा माध्यमिक शिक्षा परीक्षा (एसइई) पढेर परीक्षा दिने विद्यार्थीले नयाँ पाठ्यक्रममा आधारित भएर परीक्षा दिनुपर्नेछ । तर २०७९ सालको एसइई दिने विद्यार्थीले भने पुरानै पाठ्यक्रममा आधारित भएर परीक्षा दिनेछन् । सरकारले २०८० सालसम्म विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागू गर्ने योजना यसअघि बनाएको थियो । सरकारको यही योजनाको आधारमा नयाँ पाठ्यक्रम लागू गर्न थालिएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक अर्यालले बताउनुभयो । कक्षा ८ र १० को अनिवार्य विषयअन्तर्गत अङ्ग्रेजी, नेपाली, गणित, विज्ञान र सामाजिक विषय तथा कक्षा ५ को अङ्ग्रेजी, नेपाली, गणित, विज्ञान, सामाजिक र स्वास्थ्य तथा शारीरिक विषयको पाठ्यक्रम नयाँ हुनेछ  ।विश्वव्यापी नियम अनुसार नै हरेक पाँच वर्षमा पाठ्यपुस्तकको पाठ्यक्रम पुनरवलोकन हुने र १० वर्षमा पाठ्यक्रम नै परिवर्तन गर्ने व्यवस्था रहेको छ । यसअघि कुनै कक्षाको १० वर्ष र कुनैको १३ वर्षमा पाठ्यक्रम परिवर्तन गरिएको थियो । २०६३ सालपछि २०७६ सालमा मात्र पाठ्यक्रम परिवर्तन भएको थियो । ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ २०७६ अनुसार २०८० सम्म विद्यालय तहका सबै कक्षाको पाठ्यक्रम परिवर्तन गर्ने योजना छ । २०७७ मा मात्र कक्षा १ र ११ को पाठ्यक्रम परिवर्तन भएको थियो । २०७८ मा कक्षा २ ,३ र १२ कक्षाको पाठ्यक्रम परिवर्तन गरी नयाँ लागू भएको थियो । यस्तै २०७९ सालको नयाँ शैक्षिक सत्रदेखि कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यक्रम लागू भइसकेको छ ।साभार : गोरखापत्र अनलाइन

`
12 comments
बडादशैंको आठौँ दिन आज महागौरीको पूजा गरिँदै

काठमाडौं, कात्तिक १ : नवरात्रको आठौँ दिन अर्थात् महाअष्टमीका अवसरमा आज देशभर शक्तिस्वरूपा महागौरी देवीको विधिपूà..

8 घन्टा पहिले

कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्..

काठमाडौं, कात्तिक१ : नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम नà..

8 घन्टा पहिले

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..

काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..

1 दिन पहिले

आज घर–घरमा फूलपाती भित्र्याइँदै

काठमाडौं, असाेज ३१ : बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभर विधिà¤..

1 दिन पहिले

नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..

काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..

2 दिन पहिले