Janakpurdham
Sat, Nov 23, 2024
`

‘क्रिसमस डे’ मनाइँदै

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौँ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायले क्रिसमस डे मनाउँदैछन् ।आजभन्दा दुई हजार २२ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसीयाली दिनुभएको नेपाल ख्रिष्टियन  महासङ्घका अध्यक्ष सिबी  गहतराजले राससलाई जानकारी दिनुभयो । उहाँले मुक्ति, प्रेम र शान्ति दिनुभएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका छन् । मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको उहाँले सुनाउनुभयो । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासङ्घले महोत्सवका रूपमा मनाउन थालेको हो ।दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । यस अवसरमा विसं २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । विसं २०७८ देखि यस अवसरमा फेरि सबैलाई सार्वजनिक बिदा दिन थालिएको छ । हाल नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी रहेको महासङ्घको दाबी छ । तेह्र हजारभन्दा बढी चर्च बनिसकेको पनि महासङ्घले बताउँदै आएको छ । महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो क्रिसमस महोत्सव २०७९ आयोजना गरिएको जनाइएको छ । कार्यक्रममा सरकारका प्रतिनिधि, मानवअधिकारवादीलगायतको उपस्थिति रहने अध्यक्ष गहतराजले बताउनुभयो ।पछिल्लो समय मुख्य सहरका प्रमुख स्थलमा क्रिसमस ट्री सजाउने गरेको देखिन्छ । विशेषगरी क्रिश्चियन समुदायका विदेशी पर्यटकलाई आकर्षित गर्न साज सज्जा गरिएको छ । पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत स्थलमा क्रिसमसको रमझम बढी देखिएको छ ।साभार : गोरखापत्र अनलाइन

`
12 comments
विवाह पञ्चमीको तयारी गर्न मुख्यमन्त्री सिंहको निर्देशन

जनकपुर,मंसिर ७ गते । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मङ्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीत..

23 घन्टा पहिले

मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनि..

काठमाडौं, मंसिर ६ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरक..

23 घन्टा पहिले

स्थानीय तह उपनिर्वाचन: ४१ ठाउँमा २० दल र स्वतन्त्रसहित ३..

काठमाडौं, मंसिर ६ । स्थानीय तह उपनिर्वाचनको कार्यतालिका अन्तर्गत बुधबार निर्वाचन आयोगले उम्मेदवारको अन्तिम..

2 दिन पहिले

क्यान्सर भएका १४ वर्षमुनिका बालबालिकाको उपचार निःशुल्क..

काठमाडौं, मंसिर ५ । भक्तपुर क्यान्सर अस्पतालमा बाल क्यान्सर निःशुल्क सेवाको समुद्घाटन गरिएको छ । बुधबार विश..

2 दिन पहिले

शान्ति सम्झौताको १८ वर्ष : न्यायको प्रतीक्षामा पीडित

काठमाडौं ,मंसिर ५ गते । द्वन्द्वका कारणहरुको खोजी गर्ने र पीडितलाई राहत तथा परिपूरण उपलब्ध गराउने लक्ष्यका साथ ..

3 दिन पहिले