Janakpurdham
Thu, Sep 11, 2025
`

जनकपुरका विजय चौधरी अमेरिकाका लागि सद्भाव दूत

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, १३ गते पुस ।जनकपुरधाम निवासी विजय कुमारी चौधरी अमेरिकाका लागि नेपालको तर्फबाट पर्यटन सद्भावना दूतमा नियुक्त हुनु भएको छ । नेपाल सरकारको मन्त्री स्तरीय निर्णय अनुसार अमेरिका स्थित क्यालिफोर्निया राज्यका लागि पर्यटन सदभावना दूतमा चार बर्षका लागि उहाँलाई नियुक्त गरिएको छ । उहाँ एशोसिएशन अफ नेपाली तराईयन ईन अमेरिका( एएनटिए )को अन्तर्राष्ट्रिय उपाध्यक्ष, फ्रिमन्ट सगरमथा लायन्स क्लबको प्रेसीडेन्ट,एनआरएनए को सक्रिय अभियन्ता र पूर्व शिक्षक हुनुहुन्छ । जनकपुरधामको जानकी माविमा शिक्षण पेसामा रहेका विजय चौधरी केहि वर्ष देखि अमेरिकाको क्यालिफोर्नियामा बस्दैहुनुहुन्छ । वहां चार बर्ष देखि क्यालिफोर्निया लाई कर्मक्षेत्र बनाई नेपाली कला, संस्कृती, पर्यटनको क्षेत्रमा नेपाल र नेपाली लाई विश्व सामु चिनाउनका लागि पर्यटन प्रवर्धन लाई संरक्षण गर्ने कार्यमा सक्रिय रही प्रवासी नेपालीहरूलाई जोडी कार्य गर्दै हुनु हुन्छ । जनकपुरधाम उपमहानगर पालिका वडा नं.१६ कपिलेश्वरका स्थायी बासीन्दा चौधरीलाई नेपाल सरकारको मन्त्री स्तरिय निर्णयले पर्यटन सद्भावना दूत नियुक्त गरेको उहाँका भाई लोकतान्त्रिक समाजवादी पार्टीका नेता संजय कुमार चौधरीले जानकारी दिनुभयो ।

`
12 comments
देशले पाउला त पहिलो महिला प्रधानमन्त्री ? यस्तो छ सुशीला..

काठमाडौं ,भदौ २५ गते । जेजी आन्दोलनले देशमा पहिलो महिला प्रधानमन्त्री बन्न सक्ने सम्भावनाको ढोका उघारेको छ । आज ब..

13 घन्टा पहिले

देशभरका कारागारमा वितण्डा मच्चाउँदै र भाग्दै कैदीबन्द..

काठमाडौं ,भदौ २५ गते । मंगलबार नख्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा गरिएप..

13 घन्टा पहिले

आन्दोलन स्थगित गरी वार्तामा आउन Gen-Z लाई प्रधान सेनापतिको ..

काठमाडौं ,भदौ २४ गते । प्रधान सेनापति अशोकराज सिग्देलले विषम परिस्थितबाट राष्ट्रलाई शान्तिपूर्ण रूपमा निकास दि..

2 दिन पहिले

प्रधानमन्त्री ओलीले दिएको राजीनामा स्वीकृत

काठमाडौं ,भदौ २४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गरेका छन् ।&..

2 दिन पहिले

मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयकाे पुष्टि, ..

काठमाडौं , भदौ २३ गते । आइतबारको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयले पुष्टि गरेको छ ..

3 दिन पहिले

...