शिनवारीको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा जनकपुरले विराटनगरलाई ४९ रनले हरायो
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं । सामिउल्ला शिनवारीको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा जनकपुर रोयल्सले जारी नेपाल टी–२० लिगमा विराटनगर सुपर किङ्सलाई ४९ रनले पराजित गर्दै चौथो जित निकालेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४० रनमा सीमित भयो ।विराटनगरको ब्याटिङमा हुसेन टलतले २० बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४२ रनको इनिङ खेले । गौरान्सु शर्माले ३६ बलमा ३ चौकासहित ३३ रन योगदान गरे । ओपनर कप्तान आन्द्रे मकार्थी १४ रनमा आउट हुँदा प्रदीप ऐरी २६ बलमा २ चौका र ३ छक्कासहित ३६ रनमा अविजित रहे ।जनकपुरका शिनवारीले ४ ओभरमा २१ रन खर्चिँदै सर्वाधिक तीन विकेट लिए । ललित नारायण राजवंशीले ४ ओभरमा एक मेडन राख्दै २६ रन खर्चिएर दुई विकेट लिए । मोहमद आदिल अलाम र असन प्रियन्जनले एक विकेट लिए ।टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८९ रनको योगफल तयार पारेको छ ।जनकपुरका लागि शिनवारीले अविजित ७८ रनको इनिङ खेले । उनले ४० बलमा समान ६ चौका र छक्का प्रहार गरे । खडक बोहरा १२ बलमा १ छक्कासहित १५ रनमा अविजित रहे ।कप्तान ट्रेभोन ग्रिफ्त १९ रनमा आउट हुँदा चादविक वाल्टनले २२ बलमा ३ चौका र १ छक्कासहित २९ रन जोडे । सन्दीप जोरा १८ बलमा ४ चौकासहित २० रन बनाएर पभेलियन फर्किएका थिए ।विराटनगरको बलिङमा हुसेन टलत र सूर्य तामाङले समान दुई विकेट लिए । टलतले ४ ओभरमा ३३ विकेट र सूर्यले १६ रन खर्चिए ।यसअघि चार खेलमा समान दुई जित र हारको नतिजामा निकालेका विराटनगरको ४ अंकसहित चौथो स्थानमा छ । यस्तै, जनकपुरले पाँच मध्य चार खेल जित्दै ८ अंक जोडेको छ । जनकपुर तालिकाको दोस्रो स्थानमा छ ।जनकपुरले अर्को खेलमा विराटनगरले आइतबार लुम्बिनी अलस्टार्ससँग र जनकपुरले काठमाडौं नाइट्सँग खेल्नेछ ।आज सम्पन्न पहिलो खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी अलस्टार्सलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा ७ खेल खेल्दा दोस्रो जित निकालेको थियो ।साभार : नेपाल प्रेस
बडादशैंको आठौँ दिन आज महागौरीको पूजा गरिँदै
काठमाडौं, कात्तिक १ : नवरात्रको आठौँ दिन अर्थात् महाअष्टमीका अवसरमा आज देशभर शक्तिस्वरूपा महागौरी देवीको विधिपूà..
5 घन्टा पहिले
कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्..
काठमाडौं, कात्तिक१ : नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम नà..
5 घन्टा पहिले
चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..
काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..
1 दिन पहिले
आज घर–घरमा फूलपाती भित्र्याइँदै
काठमाडौं, असाेज ३१ : बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभर विधिà¤..
1 दिन पहिले
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..
काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..
2 दिन पहिले