
राम्रा चलचित्र दिन नसकेको वर्ष
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin

मुम्बई। पछिल्लो वर्षझैँ यो वर्ष पनि व्यावसायिक हिसाबले बलिउडका लागि खासै राम्रो ठहरिएन। यो वर्ष पनि बलिउडमा चलचित्रहरूको सङ्ख्या बढाउने काम मात्र भए। सन् २०२२ को वर्षमा बलिउडका चलचित्र हिट कम फल्प धेरै भए। वर्षभरि नै बलिउडमा चलचित्रको कथाभन्दा पनि कलाकारहरूले चलचित्रलाई चलाउने काम गरे। अहिलेका दर्शक रोनाधोना, एक्सनभन्दा पनि फर्मुलाले भरिएको चलचित्र धेरै हेर्न रुचाउने देखियो। आमिर खान, अजय देवगन, अक्षय कुमार, रणवीर सिंह, रणवीर कपुरजस्ता ठूला हस्तीहरूको यो वर्ष चलचित्र प्रदर्शनमा आए पनि बलिउडमा खासै जम्न सकेन। आमिर खानको ‘लाल सिंह चड्डा’ले बलिउडमा खासै स्थान बनाउन सकेन। त्यस्तै अक्षय कुमार अभिनीत रक्षाबन्धन, कठपुतली, राम सेतु, बच्चन पाण्डे, पृथ्वीराज चौहानजस्ता अलग–अलग चलचित्रहरू प्रदर्शनमा आए तर दर्शकले खासै रुचाएनन्। बलिउडमा उनको सधैँ एकैखाले अभिनय मात्र पस्कने खालका कलाकार भनेर धेरै आलोचना हुन थालेको छ र उहाँको लोकप्रियता पनि घट्दै छ। नाङ्गो तस्बिरको फोटो सेसन गरेको विषयलाई लिएर चर्चामा आउनुभएका कलाकार रणवीर सिंहको ‘जयेशभाइ जोरदार’को असफलताले उनलाई धेरै नै धक्का लाग्यो। ‘गङ्गुभाई काठियावाडी’ र ‘आरआरआर’ मा अजय देवगन विशेष भूमिकामा देखिनुभएको थियो। उहाँ अभिनीत ‘रन वे ३४’ फल्प भयो। ‘थैङ्क गड’ जस्तो चलचित्र अजयले किन गरे ? वर्षको अन्तिममा आएर देवगनलाई ‘दृश्यम २’ ले केही मात्रामा बचाउने काम ग¥यो। अजयका लागि यो वर्ष केही फल्प र केही हिटमा केन्द्रित रह्यो। विवाहबन्धनमा बाँधिनुका साथै पिता पनि बनेका रणवीर कपुरको यो वर्ष दुई चलचित्र ‘शमशेरा’ र ‘ब्रह्मास्त्र’ प्रदर्शनमा आए। शमशेरा सोचेभन्दा नराम्रो तरिकाले फल्प भयो भने ब्रह्मास्त्रले रणवीरलाई केही राहत दिने काम ग¥यो। एजेन्सी
साभार : गोरखापत्र अनलाइन

मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयकाे पुष्टि, ..
काठमाडौं , भदौ २३ गते । आइतबारको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयले पुष्टि गरेको छ ..
13 घन्टा पहिले
गृहमन्त्री लेखकले दिए राजीनामा
काठमाडौं , भदौ २३ गते। गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार जेनजीको गरेको प्रदर्शनका क्रममा प..
13 घन्टा पहिले
काँग्रेसले सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्ने
काठमाडौँ ,भदौ २२ गते । प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेसले सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने सरका..
2 दिन पहिले
ऋषि तर्पणीवाट सोह्र श्राद्ध शुरु, गंगासागरमा तर्पण गर्न..
जनकपुरधाम ,भदौ २२ गते । प्रत्येक वर्ष भदौ महिनाको कृष्णपक्ष प्रतिपदा तिथिबाट शुरु हुने सोह्र श्राद्ध शुरु हुनु ..
2 दिन पहिले
सामाजिक सन्जालमाथिको प्रतिबन्ध लामो समय जाँदैन : योगेश भ..
काठमाडौं, भदौ २१ : सत्ताधारी दल एमालेका सांसद योगेश भट्टराईले सामाजिक सन्जाल नियमन निर्देशिकबाट नभई संसदबाट बन..
3 दिन पहिले