शाहरूख खानका छोरा आर्यनसँग डेट गर्दै नोरा!
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin
मुम्बई । बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन खान र अभिनेत्री तथा डान्सर नोरा फतेही प्रेम सम्बन्धमा रहेको चर्चा छ।भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार आर्यन र नोरा एकसाथ समय बिताइरहेका छन्।यतिबेला सामाजिक सञ्जालमा दुवैले पार्टी गरिरहेको तस्बिर भाइरल भइरहेको छ। सार्वजनिक एक तस्बिरमा आर्यन र अर्कामा नोरा देखिएकी छन्। दुवै तस्बिर उनीहरूको फ्यानले एकै ठाउँमा लिएका छन्। उक्त तस्बिरको आधारमा फ्यानहरूले प्रेममा रहेको बताएका हुन्। यसबारे आर्यन र नोराले कुनै प्रतिक्रिया दिएका छैनन्।यो तस्बिर सार्वजनिक भएपछि 'अनन्या पाण्डेको के हुन्छ?' भन्ने कमेन्ट पनि आइरहेको छ। एक सामाजिक प्रयोगकर्ताले लेखेका छन्, ‘मलाई यी दुईलाई देखेर अचम्म लागेको छैन। केही समयअघि आर्यन र अनन्या डेट गरिरहेको खबर बाहिरिएको थियो। अनन्याले करण जोहरको शो कफी विथ करणमा सुहानाको भाइसँग डेट गर्न चाहन्छु भनेकी थिइन्। अनन्याको नाम इशान खट्टरसँग पनि जोडिसकेको छ।’आर्यन खान बलिउडमा डेब्यू गर्दैछन्। उनी आफ्नै होम प्रोडक्सन रेड चिल्लीको फिल्म निर्देशन गर्न तयारीमा छन्।फिल्मसँगै उनी व्यापार/व्यवसाय गर्न पनि तयार भएका छन्। उनी भारतमा आफ्नो प्रिमियम भोड्का ब्रान्ड लञ्च गर्दैछन्। यस प्रोजेक्टको लागि उनले स्लेब भेञ्चर्स नामको एक कम्पनी खोलेका छन्।

साभार : सेतोपाटी
बडादशैंको आठौँ दिन आज महागौरीको पूजा गरिँदै
काठमाडौं, कात्तिक १ : नवरात्रको आठौँ दिन अर्थात् महाअष्टमीका अवसरमा आज देशभर शक्तिस्वरूपा महागौरी देवीको विधिपूà..
4 घन्टा पहिले
कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्..
काठमाडौं, कात्तिक१ : नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम नà..
4 घन्टा पहिले
चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..
काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..
1 दिन पहिले
आज घर–घरमा फूलपाती भित्र्याइँदै
काठमाडौं, असाेज ३१ : बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभर विधिà¤..
1 दिन पहिले
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..
काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..
2 दिन पहिले