Janakpurdham
Mon, May 11, 2026
`

प्रचण्डलाई विश्वास मत दिने निर्णयप्रति गगन-विश्वप्रकाशको फरक मत

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ। मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो। तर, विश्वासको मत दिए पनि कांग्रेस प्रतिपक्षमा बस्ने भएको छ।कांग्रेस सभापति शेरबहादुर देउवाले बिहान बसेको पदाधिकारी बैठकमा प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव गरेका थिए। तर, पदाधिकारीहरूले आपत्ति जनाएपछि सर्वसम्मत निर्णय हुन सकेन। संसद् भवनमै बसेको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको हो।तर, बैठकमा महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, अर्जुननरसिंह केसी, बलबहादुर केसीले फरक मत राखेका थिए। कार्यसम्पादन समितिको बैठकपछि अहिले संसदीय दलको बैठक बसेको छ।आगामी राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखको निर्वाचनलाई ध्यानमा राख्दै कांग्रेसले यस्तो निर्णय लिएको हुन सक्ने एक केन्द्रीय सदस्यले बताए।साभार : डिसी नेपाल

`
12 comments
मधेशमा कांग्रेसकै सरकारले निरन्तरता पाउने

धनुषा, वैशाख २७ : मधेश प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई चार दलले निरन्तरता पाउने भएको छ। जनमत पार्टीले समर्थ..

22 घन्टा पहिले

दुईदिन भित्रै एईईको नतिजा प्रकाशन गर्ने बोर्डको तयारी

काठमाडौं, वैशाख २७ : एसईईको नतिजा दुईदिन भित्रै प्रकाशन गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ।  नतिजा इ..

22 घन्टा पहिले

न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोज..

काठमाडौं, वैशाख २६ : कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संविधान, संवैधानिक सर्वोच्चता र विधिको शासनम..

2 दिन पहिले

‘देउवालाई टिकट नदिने कुरा स्वभाविक हो वा अस्वभाविक, त्यस..

कैलाली, वैशाख २६ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा..

2 दिन पहिले

सार्वजनिक जग्गा खाली गर्ने सूचनापछि धनुषामा सुकुमवासीक..

धनुषा, वैशाख २५ : जगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने सूचना निकालेपछि जारी गरेपछि धनुषाको महेन्द्र..

3 दिन पहिले