जनकपुरधामबाट श्रम स्वीकृति दिन शुरु, युवाहरू उत्साहित
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामबाट पूर्व श्रम स्वीकृति तथा अन्तिम श्रम स्वीकृति दिने कामको सुरुआत भएको छ । यसअघि पुनः दर्ताको काम मात्र हुने गरेकोमा आजदेखि सेवा विस्तार भएको हो ।आर्थिक वर्ष २०७८/७९ मा १८ हजार ६ सय ३६ जनाको पुनः दर्ताको काम भएको श्रम तथा रोजगार कार्यालयका निमित्त कार्यालय प्रमुख राम उद्गार अधिकारीले जानकारी दिनुभयो । नयाँ श्रम तथा अन्तिम श्रमको स्वीकृति यसै कार्यालयबाट शुरु भएपछि सेवाग्राहीको सङ्ख्या व्यापक रुपमा बढेको छ ।मधेश प्रदेश र त्यसमा पनि धनुषा तथा महोत्तरीबाट भारी मात्रामा वैदेशिक रोजगारीका लागि युवाहरू गएका छन् । धनुषाबाट मात्र ४० हजारको सङ्ख्यामा युवाहरू वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका छन् । नेपालमा नै सबैभन्दा बढी धनुषाबाट रोजगारीका लागि युवाहरू खाडी मुलुक पुगेका छन् ।मधेश प्रदेशबाटै श्रम स्वीकृति र अन्तिम श्रम स्वीकृति मिलेपछि यस क्षेत्रका युवाहरू उत्साहित भएका छन् । अब घर नजिकैबाट स्वीकृति हुन थालेपछि समय तथा आर्थिक बचत हुने जनकपुरधाम उपमहानगरपालिका २५ का असिम कवाडीले बताउनुभयो ।जनकपुरधामस्थित श्रम तथा रोजगार कार्यालयले धनुषा, महोत्तरी, सर्लाही, सिरहा तथा सप्तरीका सेवाग्राहीलाई सेवा दिन शुरु गरेको हो । त्यस्तै, वीरगञ्जबाट रौतहट, बारा तथा पर्साका सेवाग्राहीलाई सेवा प्रदान शुरु गरिएको निमित्त कार्यालय प्रमुख अधिकारीले जानकारी दिनुभयो ।साभार : रेडियो नेपाल अनलाइन
बडादशैंको आठौँ दिन आज महागौरीको पूजा गरिँदै
काठमाडौं, कात्तिक १ : नवरात्रको आठौँ दिन अर्थात् महाअष्टमीका अवसरमा आज देशभर शक्तिस्वरूपा महागौरी देवीको विधिपूà..
2 घन्टा पहिले
कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्..
काठमाडौं, कात्तिक१ : नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम नà..
2 घन्टा पहिले
चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..
काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..
1 दिन पहिले
आज घर–घरमा फूलपाती भित्र्याइँदै
काठमाडौं, असाेज ३१ : बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभर विधिà¤..
1 दिन पहिले
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..
काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..
2 दिन पहिले