
जनकपुरधामबाट श्रम स्वीकृति दिन शुरु, युवाहरू उत्साहित
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामबाट पूर्व श्रम स्वीकृति तथा अन्तिम श्रम स्वीकृति दिने कामको सुरुआत भएको छ । यसअघि पुनः दर्ताको काम मात्र हुने गरेकोमा आजदेखि सेवा विस्तार भएको हो ।आर्थिक वर्ष २०७८/७९ मा १८ हजार ६ सय ३६ जनाको पुनः दर्ताको काम भएको श्रम तथा रोजगार कार्यालयका निमित्त कार्यालय प्रमुख राम उद्गार अधिकारीले जानकारी दिनुभयो । नयाँ श्रम तथा अन्तिम श्रमको स्वीकृति यसै कार्यालयबाट शुरु भएपछि सेवाग्राहीको सङ्ख्या व्यापक रुपमा बढेको छ ।मधेश प्रदेश र त्यसमा पनि धनुषा तथा महोत्तरीबाट भारी मात्रामा वैदेशिक रोजगारीका लागि युवाहरू गएका छन् । धनुषाबाट मात्र ४० हजारको सङ्ख्यामा युवाहरू वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका छन् । नेपालमा नै सबैभन्दा बढी धनुषाबाट रोजगारीका लागि युवाहरू खाडी मुलुक पुगेका छन् ।मधेश प्रदेशबाटै श्रम स्वीकृति र अन्तिम श्रम स्वीकृति मिलेपछि यस क्षेत्रका युवाहरू उत्साहित भएका छन् । अब घर नजिकैबाट स्वीकृति हुन थालेपछि समय तथा आर्थिक बचत हुने जनकपुरधाम उपमहानगरपालिका २५ का असिम कवाडीले बताउनुभयो ।जनकपुरधामस्थित श्रम तथा रोजगार कार्यालयले धनुषा, महोत्तरी, सर्लाही, सिरहा तथा सप्तरीका सेवाग्राहीलाई सेवा दिन शुरु गरेको हो । त्यस्तै, वीरगञ्जबाट रौतहट, बारा तथा पर्साका सेवाग्राहीलाई सेवा प्रदान शुरु गरिएको निमित्त कार्यालय प्रमुख अधिकारीले जानकारी दिनुभयो ।साभार : रेडियो नेपाल अनलाइन

प्रदिप गिरी संसारकै नभए एसियाको प्रधानमन्त्री बन्न चाह..
काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रदिप गिरी कुनै देशको सीमा र सिमाना भन्दा ठू..
4 घन्टा पहिले
कुुशे औंसीमा गोकर्णेश्वरमा भक्तजनको भीड
काठमाडौं, भदौ ७ : बुबाको मुख हेर्ने दिन अर्थात कोशे औंसी। आज काठमाडौंको गोकर्णेश्वर मन्दिरमा भक्तजनहरुको भिड..
4 घन्टा पहिले
नेतृत्वका लागि कार्यसम्पादन आवश्यक , नेकपा एमाले नेता लि..
जनकपुरधाम, भदौ ७ गते । पेशागत महासंघ नेपाल मधेश प्रदेश समितिले आयोजना गरेको संगठन सद्रढिकरण तथा सुशासन सम्वन्ध..
4 घन्टा पहिले
कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण
जनकपुरधाम, भदौ ५ गते ।जनकपुरधाम उप-महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक कार..
2 दिन पहिले
सत्ता प्राप्तिको लागि कांग्रेसको आस्था र सिद्धान्तसँग ..
काठमाडौं, भदौ ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता प्राप्तीको लागि कांग्रेसको आस्था र सिद्धान्तस..
3 दिन पहिले